ताजा खबर

अष्टमीको बेलुका देखि पोखरामा भेडा च्याङग्रा ३० देखि ५० प्रतिशत सहुलियतमा उपलब्ध

पोखरा २७, असोज

पर्यटकीय नगरी पोखरा क्षेत्रमा भित्रिएका भेडा च्याङग्रा महाअष्टमीको दिन बुधबार बेलुकासम्म खासै बिक्रि वितरण नभए पछि व्यवसायीहरुले पहिलाको मुल्य भन्दा करिब ३० देखि ५० प्रतिशत सहुलियतमा बिक्रि गर्न थालेका छन्।

हिमालपारीको जिल्ला मनाङ, मुस्ताङ लगायतका क्षेत्रबाट दशैं पर्व लक्षित गरी पोखरा ल्याएका भेडा च्याङग्रा यसपाली ४० देखि ४५ हजारमा बिक्रि वितरण भए पनि बुधबार देखि उक्त मुल्य घटेर १५ हजार देखि ३३ हजारमा रोजभेडा च्याङग्राको बिक्रि वितरण भएको हो ।

पोखराको सिमपानी देखि याम्दी हुदै हेमजा क्षेत्रमा भेडा च्याङग्रा यसपाली कम खपत भएको कारण अधिकांश व्यवसायीको भेडा च्याङग्रा बिक्रि नभए पनि सहुलितमा बिक्रि वितरण गर्न सुरु गरेको एक भेडा च्याङग्रा व्यवसायी बझाङ जसविन वोहराले बताए । उनले यस बर्ष २ गाडी भेडा च्याङग्रा पोखरामा ल्याए पनि ६० प्रतिशत बिक्रि नभएको उनले गुनासो गरे ।

पोखराको याम्दीमा भेटिएका अर्का एक व्यवसायी मोहन वोहराले पोखरामा १५ देखि १८ हजारसम्ममा भेडा च्याङग्रा बिक्रि गर्न थालेका छन । उनले भेडिगोठमै पुगेर २५ देखि ३२ सम्म प्रति च्याङग्रा खरिद गरे पनि हाल अस्वस्थ्य प्रतिष्प्रर्धाले र आम उपभोक्ता खरिद गर्न खासै नआएकोले गर्दा घाटा खायरै भेडा च्याङग्रा बिक्रि गर्न लागेको जनाए ।

यस बर्ष चाइनाको बोर्डरबाट समेत भेडा च्याङग्रा नआएको, गत बर्ष कोभिडले गर्दा खासै बिक्रि नभएको भेडा च्याङग्रा यसपाली सुरुमा महङगो भएकोले अधिकांश उपभोक्ताले खसि, वोका र कुखुरा सहितको अन्य मासुको व्यबस्था गरेकोले भेडा च्याङग्रा खपत कम भएको व्यवसायीको भनाई छ ।

Related posts