ताजा खबर

समय अनुसार बिद्यालयहरुलाई मर्ज गर्नुपर्छः मन्त्री बराल

पोखरा २७, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपालको शैक्षिक विकासको लागि समय अनुसारको बिद्यालयहरुलाई अब मर्जमा लैजानुपर्ने बताउनु भएको छ । पोखरा २२ को ठुलीविडी टोल विकास संस्थाले बुधबार आयोजना गरेको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले गण्डकी प्रदेशको शैक्षिक विकासको लागि सामुदायिक बिद्यालयहरुलाई अब समय अनुसार स्थानियको राय सल्लाह र सुझावको आधारमा मर्जमा जानुपर्ने बताउनु भएको हो ।

यातायातको हिसावले, बिद्यालयमा दरवन्दी कम, बिद्यार्थीको सङख्या घट्नुले शिक्षाको सुधारको लागि मर्ज उपयुक्त उपाय हुने मन्त्री बरालको भनाई थियो । पोखरा २२ को पुम्दी भुम्दीमा शैक्षिक सुधारको लागि शिक्षामा केन्द्रित गर्नुको बताउदै मन्त्री बरालले शुक्रराज मावि पुम्दी भुम्दीकै शैक्षिक धरोहर भएको दाबी गर्नु भयो । आफ्नो गाउँमा स्थानियद्धारा गरिएको सम्मानले आफुलाई थप प्रोत्साहन भएको उल्लेख गर्दै मन्त्री बरालले समाजमा पछि परेका महिला, जनजाति, दलितको पक्षमा ओकालत गर्दै आएको माओबादी केन्द्रको भूमिकाई बुझ्नुपर्ने बताउनु भयो ।

यस बर्ष पुम्दी भुम्दीको धोवीखोला,संगमचोकको सडक सहितका धेरै योजनाहरु काटिएकोले बजेट विनियोजन गर्न स्थानियले माग पश्चात मन्त्री बरालले आफ्नो कार्यकालमा केही न केही सहयोग पुग्ने गरी वजेटको व्यबस्था गर्ने आश्वासन दिनु भएको छ । पुभ्दी भुम्दीको विकासको लागि एकिकृत बृहत योजना बनायर सवै एक भई अघि बढ्नुपर्ने उहाँको भनाई थियो । दशैंको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका र मुगु लगायताका क्षेत्रमा सवारी दुर्घटनाबाट मृत्यु भएको घटना प्रति दुःख व्यक्त गर्दै मन्त्री बरालले मृतकजनमा श्रद्धान्जली उनका परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । उक्त दुर्घटनामा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत यहाँले गर्नु भएको छ ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यस तर्फ मन्त्रीको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । दरवन्दी नपुगेर शिक्षा क्षेत्र गुणस्तर हित हुदै आएको उहाँको भनाई थियो । जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले पुम्दी भुम्दीको विकास निर्माणमा सवै एक हुनुपर्ने बताउनु भयो ।

ठुलीविडी टोल विकास संस्थाका अध्यक्ष सुजन बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले नेता टेकनाथ बराल, काग्रेंस नेता होम प्रसाद बराल, माओबादी केन्द्रका नेता चण्डीका प्रसाद बराल, सिर्जनशिल आमा समुहका अध्यक्ष विना कुमारी बराल लगायतले पुम्दी भुम्दीको विकासमा एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

Related posts