अनेमसंघ पोखरा ३० को अध्यक्षमा सुवेदी

गण्डकी, २५ असोज

अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापा लगायत २६ जना सदस्य रहनु भएको छ । अनेमसंघ केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य प्रभा कोइरालाले उक्त अधिवेशनको उद्घाटन गर्दै नेताहरुको व्यक्तिगत स्वार्थको कारण नेकपा एमाले बिभाजन भएको बताउनुभयो ।

पार्टी बिभाजन गरेर मुलुक र जनताको समृद्धिको अभियानलाई प्रभावित बनाउने नेता एवम् पार्टीलाई जनताले निर्वाचनमा राम्रैसंग सवक सिकाउने विश्वास व्यक्त गर्दै उहाँले जनभावनालाई बुझेर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । महिलाको योग्यता क्षमता अभिवृद्धिका लागि पार्टीले सहयोग गर्नुपर्नेमा जोड दिंदै अनेमसंघ पोखरा महानगर इन्चार्ज समेत रहनु भएकी कोइरालाले संवैधानिक हक अधिकार प्राप्तिका लागि महिलाहरु संगठित भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

संघका अर्का केन्द्रीय सदस्य लोचना अधिकारीले महिलाहरु अधिकारको लडाईसंगै उत्पादनसंग जोडिएर आयआर्जन गर्ने तर्पm पनि ध्यानदिनु पर्ने आवश्यकता औल्याउनुभयो । पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले महानगरले महिलालाई उद्यमी बनाउनका लागि सञ्चालित उपमेयरसंग महिला कार्यक्रमबाट भरपूर फाइदा लिनेतर्पm लाग्न सवैलाई आग्रह गर्नुभयो ।

 

Related posts