ताजा खबर

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा

पोखरा, २५ असोज ।

एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघिय शिक्षा ऐन वनाउदा वढी चनाखो हुनु पर्ने बताउँनुभयो ।

‘संघिय शिक्षा ऐनको ड्राफ्टमा निजि विद्यालयलाई पनि सम्वोधन गरेको छ’ उहाँले भन्नुभयो,‘ ड्राफ्ट एउटा हुने आउदा अर्कै आउने भएकोले ऐन आउदा हामी वढी चनाखो हनुपर्नेहुन्छ ।’

संघिय शिक्षा ऐनमा छात्रावृत्तिमा सवै वालवालिकाको समान अधिकार र प्राविधिक शिक्षामा निजि विद्यालयको पनि पहुच पु¥याउने विषय समेटेकोले पनि आउने ऐन हाम्रो अनुकुल देखिने उहाँको भनाई थियो ।

‘निजि विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गराउने कामले गर्दा हामी अफ्ठयारोमा परेका छौं’ उहाँले भन्नुभयो,‘ नयाँ ऐनमा यी विषयलाई सम्वोधन गरेको हुनाले ड्राफ्मा जे छ त्यहि ल्याउन सरकारलाई दवाव दिनुपर्दछ ।’

स्थानीय सरकारले आफू अनुकुलको शिक्षा प्रणालीको विकास गर्न खोज्दा निजि विद्यालय मारमा परेको उहाँको भनाई थियो ।

एन प्याव्सन कास्की नेपाल भरकै उत्कृष्ट संस्था रहेकोले अव कास्कीले राष्ट्रिय स्तरको कार्यक्रम गर्नु पर्ने उहाँले सुझाव दिनुभयो ।

एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले संस्थागत विद्यालयका हक हितका लागि संस्थाले गरेको काम उल्लेखनिय रहेको बताउँनुभयो ।

केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष याम खड्काले निजि विद्यालयले पनि राज्यलाई कर तिरेको हुनाले नेपालसरकारले निजि विद्यालयलाई सहुलियतदरमा ऋण उपलब्ध गराउनु पर्ने बताउँनुभयो ।

केन्द्रीय सदस्य रामबहादुर थापाले नेपाल सरकारले निजि विद्यालयलाई विभेदको व्यवहार गरेको बताउँनुभयो ।

केन्द्रीय सदस्य सन्तबहादुर तामा·ले देशकै मोडेल संस्थाको रुपमा कास्की शाखा रहेको बताउँनुभयो ।

एन प्याव्सन तनहुँका अध्यक्ष रामकृष्ण विकले यहाँका समस्या समाधान गर्न कास्की शाखसँग सहकार्य गरेर अगाडि बढेको बताउँनुभयो ।

कार्यक्रममा सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ र लेखा समिति संयोजक ज्ञानेन्द्रबहादुर थापाले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related posts