ताजा खबर

आ—आफ्नो गक्ष अनुसार चार्डपर्व मनाउन मन्त्री बरालको आग्रह

पोखरा २२, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कोभिड १९ बाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आ—आफ्नो गक्ष अनुसार चार्ड पर्व मनाउन आग्रह गरेका छन्। दलित महिला संघ जिल्ला शाखा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कोभिडले पारेको प्रभावका बारेमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले कोरोनाको प्रभाव अझै कायम रहेकोले चार्ड पर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो गक्ष अनुसार चार्ड—पर्वहरु मनाउन आग्रह गरेका हुन्।

नेपालीहरुको महान पर्व विजया दशमी, शुभदीपावली, नेपाल सम्वत, छठ, इद, लगायतका चार्ड पर्व हर्स उत्साहका साथ आफ्नो समय र परिस्थिती अनुसार मनाउनु पर्नेमा मन्त्री बरालले जोड दिए । कोडिभसंग विजयी हासिल गर्ने गरी उच्च सावधानिका साथ चार्ड पर्व मनाउनु पर्ने अबस्था रहेको उनले जनाए । उक्त कार्यक्रमले सरकारलाई समेत टेवा पुग्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । समाजमा अझै पनि दलित समुदायलाई समान व्यवहार हुन नसकेको उने जनाए ।

संघ कास्कीका अध्यक्ष सुमित्रा गन्र्दभको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २५ जना सहभागि भएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यालय स्वास्थ्य महाशाखाका प्रतिनिधि फुलदेव तिमिल्सिनाले कार्यक्रममा सहजीकरण गरेका थिए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *