ताजा खबर

बन्दीपुर केवलकारमा २ अर्ब १० करोड लगानी, कोभिडले गर्दा थप ६२ करोड को भार

तनहुँ २२, असोज

तनहुको बन्दीपुरमा निर्माण हुदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक बर्षमा संचालमना आउने भएको छ । निर्धारित समय भन्दा करिब डेढ बर्ष ढिलो आर्थिक बर्ष २०७९ असोजबाट केवलकार संचालमा ल्याउने भएको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।

कम्पनीले २०७९ वैशाख १ गते देखि होटल देखिका सम्पुर्ण पूर्वाधार प्याकेज सहित फुल फेजमा पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजनाको व्यववसायीक रुपमा संचालनमा ल्याउने रणनितीक योजना बनाएको थियो । केवलबार बाहेक होटल सहितको अन्य सेवा भने अझै २ बर्ष पछि मात्र संचालनमा आउने भएको उनले जनाए । केही भौतिक पूर्वाधार निर्माण सहित केही समय ढिलो उक्त केवल कार संचालन हुदा करिब ६२ करोड बढी लगानी थपिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उक्त केवलकार निर्धारित समयमा सम्पन्न हुदा १ अर्ब ७८ करोड रुपैया लगानी हुने तयारी गरे पनि अब २ अर्ब १० करोड लगानी पुराउने लक्ष्य राखेको अध्यक्ष शर्माले बताए । स्वदेशी र प्रवासी नेपालीहरुको संयुक्त लगानी एवं सम्भार स्वागत पर्यटकीय गन्तव्य बन्दीपुर केवरकाल र क्वीनटावर भन्ने नाराको साथ अघि बढेको वन्दीपुर केवलकारको हालसम्म करिब ९७ प्रतिशत भौतिक संरचना निर्माण भएको उनले जनाए । उक्त केवलकारमा ११ वटा टावर, १९ गोन्डला, प्रति घण्टा ५ सय यात्रु वोक्ने क्षमताको रहेको छ ।

कम्पनीले करिब डेढ बर्ष पछि आइपियो निन्कासन गर्ने भएको छ । कम्पनीले ६ अर्बको परियोजनाको महत्वकाक्षि योजना अघि सारेको छ । २ लाख जनालाई रोजगार सृजना गर्ने योजना रहेको छ । बृज बजारमा ५ प्रतिशत छुट हुने, प्रिभिलेज कार्डको व्यबस्था गरेको कम्पनीले जनाएको छ । १० औं हजार पर्यटक कसरी ल्याउन सकिन्छ, यहाँको जनाताको जीवन स्तर उकास्ने, आम्दानी बढाउने, कम्पनीले शेयर धनिलाई मुनाफा बढाउने तर्फ केन्द्रित रहेको कम्पनीका अध्यक्ष शर्माले बताए । न्यूनतम ५ लाख देखि ५० लाखसम्म र आपसी समझदारीमा समेत शेयर लगानी गर्न सकिने कम्पनीले ब्यबस्था गरेको छ । १० बर्षमा तेब्बर शेयर धनि बनाउने कम्पनीको दाबी छ ।

बन्दीपुर गडी, लेजर लाइट जडान, झर्ना निर्माण, म्युजिकल नृत्य समेत प्रर्दशन गर्ने लक्ष्य जुन माथिल्लो स्टेसनमा राखिने रहेको छ । ८४ वटा रुमबाट १ सय ५ रुममा ५ तारे होटल संचालनको तयारी गरेको छ । आइएसओ अन्र्तगत सेवा पारदर्शी चुस्तदुरुष्त सेवा, परियोजनासंग प्रत्यक्ष समुदायलाई योग्यता र दक्षताको आधारमा रोजगारको सृजना गर्ने कम्पनीको योजना रहेको छ । उक्त केवलकारको लम्बाई ३ हजार ६ सय मिटर रहने भएको छ ।

कृषि मुलक उत्पादित बस्तुको ग्यारेन्टी गर्ने, २० करोड कृषि परियोजनामा लगानी गर्ने भएको छ । उक्त परियोजनाको लागि ३ प्रतिशत ऋण सम्झौतामा अघि बढाएको छ । माथिल्लो तथा तल्लो स्टेशनको काम तिब्र रुपमा काम गरेको । कम्पनीमा हाल शेयर सदस्य ८ सय २२ जना रहेका छन भने गत असार मसान्तरसम्ममा अधिकृत पुंजि १ अर्ब रहेको छ । त्यसै गरी जारी पुंजि ७५ करोड, चुक्ता  पुंजि २० करोड, कुल चुक्ता पुंजि ४१ करोड ६९ लाख ७३ हजार ५० रुपैया रहेको कम्पनीले जनाएको छ ।

छरिएर रहेको निजी पुंजिलाई ठिक ढगंले परिचालन गर्न सके आर्थिक विकास हुन्छः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छरिएर रहेको निजी पुंजिलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताए । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सातौं साधारण सभाको विहिबार उद्घाटन गर्दै मन्त्री बरालले राज्यसंग भन्दा निजी क्षेत्रमा बढी पुंजि भएको उल्लेख गर्दै छरिएको उक्त पुंजिलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताएका हुन् ।

आर्थिक विकास र समृद्धिको लागि पहिला देशमा स्थायी राजनीति आवश्यक भएको बताउदै मन्त्री बरालले पुंजिलाई औधोगिकरण गर्नुपर्नेमा जोड दिए । प्रगतीशिल पुंजि भन्दा हाल देशमा दलाल नोकरशाही पुंजले प्रथामिकता पाएको उनले बताए । नगद पुंजिलाई औधोगिककरण गरी बस्तु र मुल्यश्रृखलासंगको समायोजन भएमा मात्र प्रगतीशिल पुंजिको परिचालन हुने मन्त्री बरालको भनाई थियो । प्रगतीशिल पुंजिले बस्तु उत्पादनसंगै रोजगारी सृजना हुने उनले बताए । निर्वाहमुखी सोचबाट माथि उठेर बृहत योजनाका साथ सामुहिक लगानीमा ठुला योजना बनाउन तर्फ केन्द्रित हुनु पर्ने मन्त्री बरालको भनाई थियो ।

बन्दीपुर केवलकारले जनतासंग जोडेर स्थानिय किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याएकोमा प्रशंम्सा गर्दै मन्त्री बरालले केवलकारले अघि सारेको बृहत योजनालाई सफल पार्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाए । निजी क्षेत्रको पुंजिलाई परिचालन गर्न बृहत योजनाका साथ अघि बढेमा कानूनि उल्जनलाई प्रदेश सरकारले सरलीकरण गर्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । करको दायरा बढाउदै आन्तरिक पुंजि बृद्धि गरी प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन तर्फ आफ्नो ध्यान केन्द्रित रहेको मन्त्री बरालको भनाई थियो ।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह लामा, राष्टिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ,, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, तनहुँका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ने, आवूखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तबहादुर गुरुङ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेल लगायतले केवलकार निर्माणले यस क्षेत्रको पर्यटन प्रबद्र्धन सहित आर्थिक विकास हुने विश्वास व्यत्त गरे । उक्त अवसरमा कम्पनीले यस बर्ष पत्रकार मदन वाग्लेलाई सम्मान गरेको छ । उद्यमशिलता पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका वाग्लेलाई कम्पनीले सम्मानपत्रको साथमा एक लाख मुल्य बराबरको कम्पनीको शेयर समेत प्रदान गरेको हो ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *