शिव परियारको पिउन सुरु गरेपछि

पोखरा २०, असोज

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ ।

मनोरञ्जन उधोगका सिद्दहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।

मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

 

Related posts