ताजा खबर

विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व वहन गर्छः मन्त्री बराल

पोखरा २०, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दी भुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रदेश बासीको अत्यावसेक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताउनु भएको हो ।

विगतको सरकारको समेत स्वामित्व लिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताउनु भयो । पोखरा २२ पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले बिषेश महत्व दिने उहाँले विश्वास दिलाउनु भयो । उहाँले भन्नु भयो“पोखरा २२ को बृहत विकासको लागि पहिलो प्रथामिकताको आधारमा छोरेपाटन देखि विश्व शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाबाङ, भुम्दी, उल्लेखरी हुदै कुभिण्डेसम्मको सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला हुदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुबर्षीय योजनामा समावेस गरी छाड्छौंैं । ”

जिर्ण भएको उक्त गुम्बा उपयोग विहिन भएकोले गुम्बालाई प्रयोगमा ल्याउन मिल्ने गरी आवश्यक सहयोग गर्न पहल गर्ने मन्त्री बरालले बताउनु भयो । अघिल्लो सरकारको पालामा अत्यावसेक केही पूर्वाधार निर्माणको लागि प्रस्ताव पेश गरे पनि आफुहरुको माग सुनुवाई नभएको स्थानियले मन्त्री समक्ष गुनासो गर्दै उक्त योजनालाई आगामी बर्षमा पुरा गर्न माग गरेका छन्। साथै स्थानियले पुम्दी भुम्दीकै भाई छोराको रुपमा अर्थ मन्त्री पाएकोमा खुसि व्यक्त गर्दै पुम्दी भुम्दीको विकासमा उहाँले खेलेको भूमिका प्रति आभार व्यक्त गर्नु बाँकी अधुरा काम पुरा गर्न पहल गर्न आग्रह गर्नु भएको थियो । साथै अर्थ मन्त्री बराललाई अब आफुहरुले कुनै पार्टी भन्दा माथि उठेर उहाँलाई प्रदेशको मुख्यमन्त्रीसम्म बनाउन आवश्यक सहयोग गर्ने स्थानियले आर्शिरवाद समेत दिनु भएको थियो ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्री हुनु पूर्व देखि नै पुम्दी भुम्दीको विकासमा अगुवाई गर्दै आएको बताउनु भयो । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले एक सय मिटर टाडाबाट पनि मन्त्री देख्न नपाएका पुम्दी भुम्दीबासीले हाल आफ्नै घर गाउँको छोरालाई मन्त्रीको रुपमा पाउदा खुसिले गदगद भएको बताउनु भयो । मन्त्री बरालले पुम्दी भुम्दीमा पुराएको योगदानलाई पुनः मुल्याङकन गरी पार्टीले उहाँ जस्ता व्यक्तिलाई आगामी निर्वाचनमा टिकट दिएमा आफुहरुले जिताउने उहाँले वचन दिनु भयो ।

कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष प्रकाशचन्द्र गुरुङले अघिल्लो सरकारका मुख्यमन्त्री सहितका मन्त्रीहरुलाई केही योजना पेश गरे पनि आफ्नो केही माग पुरा नभएको अबस्थामा अर्थ मन्त्री बरालबाट केही न केही सम्बोधन हुने विश्वास व्यक्त गरे । मन्त्री बराललाई आगामी निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ख बाटै आफुहरुले मतदान गर्न पाउने गरी टिकट दिनुपर्ने माग गर्नु भयो । गुम्बा समितिका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला गुरुङ, सचिव कृष्ण गुरुङ लगायतले बोल्नु भएको थियो ।

उक्त अवसरमा गुम्बा समितिका पदाधिकारी सहितका स्थानियले मन्त्री बराललाई फुल मालाले स्वागत तथा सम्मान गरेका थिए । २०४९ सालमा करिब ५० लाखको लागतमा निर्माण भएको उक्त गुम्बा हाल ढलाल चुहिने, कोठामा पानी रसाउन लगायतको समस्याले हाल प्रयोग गर्न नसक्ने अबस्थामा पुगेको उपाध्यक्ष गुरुङले बताउनु भयो ।

Related posts