
पोखरा १८, असोज
एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित निकालेको छ । वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो । राइनोज जितको नजिकै पुगेको अवस्थामा भारि वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक सहित तालिकामा दोश्रो स्थानमै यथावत रहेको छ ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर काठमाण्डौलाई ब्याटिङ्गको निम्तो दिएको थियो । काठमाण्डौले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पा¥यो । काठमाण्डौको ब्याटिङ्गमा अमित श्रेष्ठले ५६, रायन ब्रुलले ५० तथा कप्तान सन्दिप लामिछानेले ३१ रन जोड । पोखराको बलिङ्गमा विवेक कुमार यादवले ३ तथा नन्दन यादव र किशोर महतोले समान १–१ विकेट हात पारे ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए । विवेक यादवले ४१ तथा लोकेश बमले अविजित १८ बनाए । प्रारम्भिक ब्याट्सम्यान रिचार्ड लेभिले १८ रनको योगदान दिए । काठमाण्डौका बलरहरु गुल्सन झा र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए ।
पोखराले यसअघि विराटनगर र ललितपुरलाई पराजित गरेको थियो । भैरहवासंगको खेल वर्षातका कारण अवरुद्ध हुन पुग्दा अंक बाँडेको पोखरा चितवन टाइगरसंग पराजित भएको थियो ।