ताजा खबर

मुक्ति इनर्जिका सामान खरिदमा महालक्ष्मीको बिमा पोलिसी उपहार

पोखरा, असोज १७

पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिदमामा महालक्ष्मी लाईफ इन्स्योरेन्स जिवन बिमा पोलिसी उपहार प्राप्त हुने भएको छ । मुक्ति इन्र्जिका कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीबन बिमा र रु एक लाखको घातक रोग बिमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघ सम्म रहने र मुक्ति इन्र्जिका कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिसत सम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए ।

सो सम्बन्धी समझदारी पत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र मुक्ति इन्र्जिका संचालक प्रकाश आचार्यले हस्ताक्षर गरेका छन्

Related posts