ताजा खबर

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पोखरा १७ असोज ।

पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ । साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नरायाण अधिकारीले सहकारीले बामे सर्दै गरेको धारणा राखे । उनले सहकारी ऐनको पालना गरे अघि बढेमा सहकारीको कार्याक्षेत्र बिस्तार गर्न सजिलो हुने बताए ।

पोखरा महानगरपालिका १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, नेपाली काग्रेस पोखरा १८ का सभापती शिव प्रसाद तिमिल्सिना, भावना कृषी सामादायीक संस्थाका अध्यक्ष बलराम कोइरला, चिसाखोल बेद विद्याश्रम मावी का प्रवन्धक श्रीराम तिमिल्सिना, सहकारीका ऋण समितिका संयोज चिन्तामणी शर्मा तिमिल्सिना, सहकारीका उपाध्यक्ष रत्न प्रसाद तिमिल्सिना, सहकारीका संस्थाक अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, सयर सदस्य जुली खत्री लगायतले कार्याक्रममा भनाइ राखेका थिए । सहकारीकी कोषध्क्ष गंगा तिमिल्निाले सहकारीका ७ सिद्धान्त बाचन गरेकी थिइन । हरिवंश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्याक्रममा सचिव पुर्णखर तिमिल्सिनाले कार्याक्रम संचालन गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *