ताजा खबर

पोखराका ९ ठाँउमा अत्यावसेक सेवा इन्टरनेटको तार काटियो

पोखरा १७, असोज

पोखराका ९ ठाँउमा अत्यावसेक सेवा इन्टरनेटको तार काटिएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले पोखरा क्षेत्रमा अत्यावसेक सेवा इन्टरनेटको करिब ९ ठाँउमा तार काटेको हो ।
केन्द्रको निर्देशन अनुसार आफुहरुले पोखरा क्षेत्रमा शांकेतिक रुपमा केही स्थानमा इन्टरनेटका तारहरु काटिएको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले जनाए ।

प्राधिकरणले पोखराका ९ ठाँउमा सेवा प्रदायक केही कम्पनीहरुको इन्टरनेट सेवाको तार काटिदिएको उनले दाबी गरे । उनका अनुसार वल्र्ड लिंक, भायानेट, पोखरा इन्टरनेट लगायतका इन्टरनेटका तार काटिएको प्रमुख बरनवालले जनाए । अधिकांश केवलमा ट्याक नहुदा कससन इन्टरनेट कम्पनीको तार हो भनेर पहिचान गर्न समेत कठिन भएको उनले जनाए । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडको डिहिकोपाटन, लालुपाते मार्ग, पोखरा १५ को टुटुङगा, ढुंगेसाँघु , पोखरा १७ को पार्दी विरौटा, छोरेपाटन, महतगौडा, डेबिड फल्स लगायतको क्षेत्रमा संचालन भएको इन्टरनेट सेवा हाल शांकेतिक रुपमा मात्र काटिएको प्रमुख बरनवालले बताए । अस्पताल, स्कुल लगायतका अत्यावसेक कार्यालयमा संचालन भएको उक्त सेवालाई हाल कुनै तारहरु नकाटिएको उनले जनाए ।

केन्द्रमा हाल वार्ता जारी रहेकोले केन्द्रको निर्देशन आएमा पुनः आफुहरुले बाध्य भएर अन्य ठाँउमा इन्टरनेट सेवाको तार काट्न बाध्य हुने प्रमुख बरनवालले चेतावनी दिए । उनका अनुसार इन्टरनेट प्रदायक अधिकांश कम्पनीहरुले महङगो शुल्क भएको भन्दै विगत २०७४ देखि अर्था ३ बर्ष देखि प्राधिकरणको पोलमा इन्टरनेट तार प्रयोग गरे वापतको शुल्कः तिरेका छैनन । प्राधिकरणले सेवाप्रदायिक संस्थासंग पोलमा तार प्रयोग गरे वापत प्रति बर्ष प्रति पोलको २ सय ५ रुपैया शुल्क निर्धारण गरेको थियो उद्यपी पछि मुल्य बृद्धि भएको बिषयमा व्यवसायीहरु सशंकित हुदै शुल्क तिर्न छाडेका थिए । करिब ३ सय प्रतिशत मुल्य बृद्धि गर्नु उचित निर्णय नभएको व्यवसायीको दाबी गरेको छ ।

एनटीसी, एनसेल र डिस होमले भने प्राविधिकरणलाई पोलको शुल्क तिर्ने घोषणा गरेकोले पोखरा क्षेत्रका उनीहरुको तार नकाटिएको उनले जनाए । पोखरा क्षेत्रमा करिब १३ वटा इन्टरनेट प्रदायक संस्थाहरु रहेका छन्। आफुहरुले वार्ता र छलफलबाट केही शुल्कः घटायर प्राधिकरणलाई शुल्कः तिर्न तयार हुदा हुदै एकाएक अत्यावसेक सेवालाई अबरुद्ध हुने गरी इन्टरनेटको तार काट्नु आम उपभोक्तालाई यसले प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरुले गुनासो गरेका छन्। वल्र्ड लिंकका यूसुफ श्रेष्ठले प्राधिकरणले अस्वभाविक रुपमा पोलमा प्रयोग हुने तार वापतको शुल्कको मुल्य बृद्धि गरेर हाल एकाएक तार काटुन उचित निर्णय नभएको बताए । पुरानो मुल्यमा बाँकी रहेको बक्यौता रकम तिर्न आफुहरुले ताकेता गरेको उनले जनाए । अलिहेको अनलाइन प्रणालीबाट धेरैले शिक्षा हासिल सहित केहीको परिक्षा समेत संचालन भएको अबस्थामा तार काट्नु गलत निर्णय भएको श्रेष्ठले जनाए ।

पोखरा इन्टरनेटका विजेस पालिखेले आफुहरुले घर जग्गा राखेर आम जनताको पहुचमा इन्टरनेट सेवा पुराउने उद्धेश्यले काम गरे पनि हाल प्राधिकरणले एकाएक इन्टरनेटको तार काटुन गलत निर्णय भएको बताए । प्राधिकरणको पोलमा तार प्रयोग गरे वापतको शुल्कः विस्तारै किस्तामा तिर्ने व्यबस्था मिलाउन माग गर्दै उनले आफुहरुले शुल्कः तिर्न तयार भएको अबस्थामा तार काटेर आम जनतालाई प्राधिकरणले सास्ती दिएको उनले जनाए । रनेटको तार काटी सर्वसाधारण उपभोक्तालाई इन्टरनेट प्रयोगबाट बञ्चित गर्नु उचित निर्णय नभएको पोखरेलीले बताए ।

Related posts