ताजा खबर

कुवा र खोलाको पानी गाग्रीमा वोकेर खाने बाध्यतालाई अन्त्य गछौंः मन्त्री बराल

पोखरा १७, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कुवा र खोलाको पानी गाग्रीमा वोकेर खाने बाध्यतालाई अन्त्य गर्ने बताउनु भएको छ । पोखरा २५ हेमजा सुइखेत स्थित लौसीवोट खानेपानी टंकीको आइतबार शिलन्यास गर्दै मन्त्री बरालले आगामी डेढ बर्ष भित्र प्रदेशका जनतालाई खोला, कुवाको पानी गाग्रीबाट वोकेर खाने बाध्यतालाई अन्त्य गरी छाड्ने बताउनु भएको हो ।

प्रदेश सरकारले प्रदेशका जनतालाई ५ बर्ष भित्र आधारभूत खानेपानी पुराउने लक्ष्य राखेकोमा बाँकी डेढ बर्षमा प्रदेशमा आधारभूत खानेपानीको पहुच पुराउने मन्त्री बरालले बताउनु भयो । हेमजाको तीन वटा क्षेत्रमा हाल खानेपानी टंकी निर्माणको चरणमा रहेकोमा रकम अभावले कुनै पनि काम नरोकिने मन्त्री बरालको भनाई थियो । हेमजा क्षेत्रमा एक घर एक धारा अभियान संचालन गर्नको लागि आवश्यक बजेट विनियोजन गर्न आफुहरु कटिबद्ध भएको उहाँले बताउनु भयो ।

प्रदेशको कम बजेटमा त्यसमध्य पनि ५५ प्रतिशत मात्र विकास खर्चले जनताको अपेक्षा गरे अनुसारको काम गर्न नसकिएको मन्त्री बरालको भनाई थियो । जनताको आधारभूत आवश्यकताको आधारमा विकास निर्माणलाई जोड दिने यहाँको भनाई थियो । बलियो सरकारलाई ढाल्ने ओली प्रबृत्तिले गर्दा देशमा हाल अस्थिर राजनीतिक सृजना भएको मन्त्री बरालको भनाई थियो । झिंगा र मौरीको महत्व बुझ्नुपर्ने बताउदै मन्त्री बरालले जनताको पक्षमा जसले ओकालत गर्दै आएको छ त्यो विचारलाई चिन्न सक्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्याङजाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले उक्त परियोजना सम्पन्न गर्नको लागि १ करोड ४७ लाख रुपैया खर्च हुने भएको बताउनु भयो । सो क्षेत्रमा करिब एक लाख लिटर क्षमताको पानी टंकी निर्माण सहित २ सय घर धुरीमा एक घर एक धारा पानी पुराउनु पर्ने उहाँले बताउनु भयो । पोखरा २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले महानगरले आफ्नो वडालाई सौता व्यवहार गरेकोले आफुले अपेक्षा गरेअनुसारको हेमजामा विकास गर्न नसकेको गुनासो गर्नु भयो । हेमजाको तीन स्थानमा हुने खानेपानी परियोेजनामा करिब ४ करोड ९८ लाखको परियोजना रहेको मन्त्री बरालले बताउनु भयो ।

समितिका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले पोखरा २५ वडा कमिटि सचिव देविप्रसाद अधिकारी, नेपाली कागेंस पोखरा २५ वडा कमिटि सभापति मधुसुधन त्रिपाठी, नेकपा माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधवशरण पौडेल, जनमोर्चाका तम बहादुर रोका, कालिका आमा समुहका निवर्तमान अध्यक्ष आरती अधिकारी, स्थानिय राजेन्द्र अधिकारी, झलक बहादुर राना,नेत्रपाणि भण्डारी, समितिका सचिव माधव अधिकारी, कोषाध्यक्ष शालिकराम अधिकारी, सदस्य देविलाल दाहाल, लगायतले हेमजा सुइखेत क्षेत्रमा मन्त्री बरालको पहलमा खानेपानी योजना अघि बढेकोमा खुसि व्यत्त गर्दै विकासमा सवै एक हुनु पर्नेमा जोड दिएका थिए ।

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *