ताजा खबर

प्रदेश चलचित्र वोर्ड गठनका लागि पहल गर्छुःमन्त्री बराल, ५ जना चलचित्रकर्मी सम्मानित

पोखरा १६, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश चलचित्र वोर्ड गठन गर्न पहल गर्ने बताउनु भएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को शनिबार पोखरामा सम्पन्न भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले देश संघियतामा गएसंगै चलचित्र क्षेत्रको बृद्धि विकासको लागि प्रदेशमा चलचित्र वोर्ड आवश्यक भएकोले त्यसको गठनको लागि आवश्यक पहल गर्ने बताउनु भएको हो ।

चलचित्रकर्मीहरुले प्रादेशिक रुपमा चलचित्र वोर्ड गठनको लागि माग गर्दै आएको सन्दर्भमा मन्त्री बरालले आदिवासि जनजातिहरुको कला संस्कृति संरक्षण सहितको चलचित्रको मर्म र भावना अनुसार अघि बढाउनको लागि प्रदेश स्तरमै चलचित्र वोर्डको आवश्यक भएको दाबी गर्नुभयो । आदिवासि जनजातिको कला संस्कृति नेपाली पहिचान भएकोले त्यसको संरक्षणको लागि निर्माण हुने फिल्म क्षेत्रलाई अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने मन्त्री बरालले आश्वासन दिनु भयो ।

अन्य फिल्म भन्दा आदिवासि जनतातिलाई समेटेर निर्माण हुने फिल्म क्षेत्रले नेपालको छुट्टै पहिचान गराउने यहाँको भनाई थियो । आदिवासि जनजातिहरुका फिल्ममा मौलिकता, नविनता, जिवन्तता, र परम्परागत भेषभुषा झल्कने हुदा यसको महत्व विश्व बजारमा छुट्टै हुने मन्त्री बरालको भनाई थियो । जसको निती उसैको नेतृत्व आवश्यक हुने बताउनु भएको मन्त्री बरालले आदिवासि जनजाति र उत्पिडनमा परेकाको मुद्धा माओबादीले उठाउदै आएको दाबी गर्नू भयो । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनारले आदिवासि जनजातिहरुको कला संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले बजेटको व्यबस्था गर्नुपर्नु माग गर्नु भयो । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले राज्यबाट अझै चलचित्र क्षेत्रलाई विभेद गरेको आरोप लगाउनु भयो । विनियोजन भएको रकम समेत कर्मचारीको कारण रोकिएकोमा मन्त्री बरालको पहलमा निकासा हुने भएको उहाँको भनाई थियो ।

संघका अध्यक्ष भोज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गुन्ज बहादुर गुरुङ, कार्यवहाक महासचिव लव्सन गुरुङ लगायतले फिल्मको बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा गुरुङ चलचित्र क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएका ५ जना कलाकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नायिका कास्की मादी गा.पा.की कल्पना गुरुङ, तनहुँ भानुका संगितकर्मी दुर्गा बहादुर गुरुङ, लमजुङ दोर्दी हाल हङकङ बस्दै आउनु भएको गणेश गुरुङ, दोर्दीकी नायिका ज्योति गुरुङ र पर्वत माहाशिलाका संगितकर्मी कृष्ण कुमार गुरुङ रहेका छन्। उहाँहरुलाई मन्त्री बराल, गुरुङ चलचित्रका अभियान्ता एवं कलाकार माओत्से गुरुङ, संघका अध्यक्ष गुरुङले सम्मानपत्रको साथमा खादा माला र दोसल्ला ओढायर सम्मान गर्नु भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *