
पोखरा १६, असोज
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्योग धन्दा संचालन गर्दा कानूनि रुपमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्ने बताउनु भएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले कानूनि उल्जनबाट उद्योग धन्दा संचालनमा आएका बाधा अड्चन फुकाउन बिषेश पहल गर्ने बताउनु भएको हो ।
राज्यले निजी क्षेत्रको पूंजिलाई ठिक ढंगले व्यबस्थित गर्न नसके आर्थिक विकास गर्न नसकिने उहाँको भनाई थियो । देशको पूंजिलाई सकभर बाहिर जानबाट रोक्न व्यवसायीहरुलाई आग्रह गर्दै मन्त्री बरालले सवै उद्योगी व्यवसायीको जीवन स्तरमा सुधार हुने गरी आत्मनिर्भर अर्थतन्त्र कार्यान्वयनको लागि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “हामीले सच्चाउनु पर्ने कुरा के हुन त्यसको बारेमा निजी क्षेत्रसंग बसौं छलफल गरौं, नियम कानुनहरु संसोधन गर्नुपर्ने भए यसलाई अब कर्मचारीले पनि आट गर्नुपर्छ, अब कानूनको कारणले गर्दा विकासलाई पछि पार्न पाइदैन् ।
प्रदेशलाई अर्थतन्त्रको हिसावले सफल र सवल बनाउन निजी पूंजिलाई ठिक ढंगले परिचालन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । करको दर भन्दा पनि करको दायरा बढाउन आवश्यक भएको उहाँको भनाई थियो । संघियता बिरोधीलाई ठिक ढंगले चिनेर उनीहरुलाई परास्थ पार्नुपर्ने मन्त्री बरालले बताउनु भयो । कार्यक्रममा उद्योग बाणिज्य उपभोक्ता अधिकार संरक्षण क्षेत्रिय कार्यालयका निर्देशक नारायण आचार्यले विना दर्ता कसैले पनि उद्योग धन्दा तथा व्यवसाय संचालन गर्न नपाउने दाबी गर्नु भयोे । कानूनको उल्लंघन गर्ने उपर सरकारले ढिलो चाँडो कारवाहीको दायरामा ल्याउने उहाँले चेतावनी दिनु भयो । जिल्ला वन डिभिजन कार्यालय कास्कीका प्रमुख केदार बरालले संघिय सरकारको कानूनमा अझै पनि रुख काट्ने बिषयमा ठुलो झनझट भएको गुनासो गर्नु भयो । संरक्षण मुखि काठको व्यबस्थापन नहुदा करोडौंको काठ कुहिने तर विदेशबाट करोडौंको काठ नेपाल भित्रिने गरेको उहाँको दाबी छ ।
नेपालकै सामान्य काठलाई सिजनीङ गरेर ४० बर्षसम्म टिकाउ पार्न सकिने प्रमुख बरालले जनाउनु भयो । पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले नेपालमा अझै पनि दक्ष कर्मचारी अभाव भएको बताउदै कोरोना बिरुद्धको खोपले व्यवसायीमा आसा जागेको बताउनु भयो । संघका गण्डकी प्रदेश अध्यक्ष युवराज पौडेलले पोखरा सहित प्रदेशमा दर्ता विना सयौंको सङख्यामा व्यवसाय संचालन भएको दाबी गर्नु भयो ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले दर्ता विना व्यवसाय संचालन गर्ने बिरुद्ध लाग्नुपर्ने बताउनु भयो । मलेसियाबाट आयातित भएको सालको काठ नेपालमा बिक्रि वितरण ले आम उपभोक्ता ठुलो मारमा पर्ने दाबी गर्नु भयो । फेवा क्लासिकका सिईओ बिष्णु शमाले नेपालमा गुणस्तरिय म्याट्रेस उत्पादन हुने दाबी गर्दै भन्सारमा परिपक्क कर्मचारी आवश्यक भएको बताउनु भयो ।
संघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका निवर्तमान केन्द्रिय अध्यक्ष भूपेन्द्र गिरी, संघ कास्कीका प्रथम उपाध्यक्ष थोमनाथ अर्याल, महासचिव रामजीप्रसाद तिवारी लगायतले वोलेका थिए ।