पोखरा १५, असोज
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सदभाव कायम गर्न नेपाली समाज बिद्यमान सबै प्रकारको शोषणको अन्त्य गर्न आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) मादी गाउँपालिका वडा नं. ६ को भेलालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री बरालले समाजमा रहेको शोषण अन्त्य नभएसम्म समाजिक सदभावको साथमा आर्थिक विकास र समृद्धि समेत हासिल गर्न नसकिने दाबी गरेका हु्न्।
उनले भने “माओवादी पार्टीले समाजमा रहेको सवै प्रकारको शोषणको अन्त्य गर्न पहल गरेको छ, सबै समुदायले एक आपसमा सम्मान गर्दै अगाडि बढेमा मात्र समाजमा सद्भाव कायम गरेसंगै देशको विकास गर्न सकिन्छ । ” माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले कम्युनिष्ट आन्दोलनमा देखा परेको खराब प्रबृत्ति बिरुद्ध संघर्ष गर्दै कम्युुनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नु बिकल्प नभएको बताए ।
भेलालाई पार्टीका जिल्ला संयोजक बखानसिंह गुरुङ, पार्टीको मादी इन्चार्ज तेजकुमारी पौडेल, मादी गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष लाल बहादुर गुरुङ लगायतकाले वोलेका थिए । भेलाले भिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दिपक परियार र स्वागत शिवराज पौडेलले गरेका थिए ।
भेलाले दिपक परियारको अध्यक्षतामा १३ सदस्यीय माओवादी केन्द्रको वडा समिति गठन गरेको छ । त्यसै गरी उपाध्यक्षमा प्रकाश देवकोटा, सचिवमा महादेव पौडेल, सहसचिवमा दिपक अधिकारी कोषाध्यक्षमा कमला बराल चयन गरेको हो ।