
पोखरा, १४ असोज
फेवा बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारण सभा फेवा सहकारीको जिरो किमीमा निर्मित फेवा टावर भवनको सभाहलमा एक कार्यक्रम बीच शुभारम्भ गरेको छ ।
२२ औ साधारण सभा शुभारम्भ सभामा राम बजार सोसाईटी युकेका बरिष्ठ सल्लाहाकार समाज सेवी डा. चन्द्र बहादुर गुरुङ्गको प्रमुख अतिथिमा पानसमा दिप प्रज्जलन गरि उद्धाटन गर्नुहुँदै फेवा बचत तथा ऋण सहकारी सस्था २२औ साधारण सभाको सफलताको शुभकामना दिनुहुँदै सहकारीमा एक पटक आएका सेवाग्रहिलाई सधै आउने बाताबरण मिलाउनु पर्ने र त्यसो गरेमा सहकारीको प्रभाव राम्रो हुने बिचार ब्यक्त गर्नुहुदै हालको परिस्थितिमा बिभिन्न टेक्नोलजी अपनाई छिटोभन्दा छिटो सदस्य बिच समाचार पु¥याउन सकेन अझ राम्रो हुने र सहकारीमा ठूला ठूला शेयर बाड्नु भन्दा साना साना शेयर बितरण गरेमा अझ प्रभावकारी बनाउदै सहकारी लाई अगाडी बढाउनुपर्ने बताउनु भयो ।
फेवा बचत तथा ऋण सहकारी सस्थाका कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा शुभारम्भ गरिएको उक्त २२ औ साधारण सभा ४ दिन सम्म आफ्नै भबन जीरो किमी फेवा टावर मा १५ गते सम्म संचालन गरि १६ गते २२ औ साधारण सभा सम्पन्न गरिने उक्त सभामा सहकारी सदस्य पेन्सन योजना संचालन गरि २०७८ आश्वीन २१ गते घटस्थापनाको दिन देखी नया भवन बाट बैकिङ्ग कारोबार शुभारम्भ गरि बित्तीया कारोबार संचालन गर्दै शेयर बितरण, बचत खाता संचालन, फिक्स डिपोजीट र ऋण लगानीमा केही सहुलियतमा ब्यबस्थापन गरिनका साथ शेयर लाभांश बितरणमा शेयर सदस्यको मागलाई केहि सम्बोधन गर्दै बितरण गरिने कार्य कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले जानकारी गराउनु भयो ।
उक्त २२ औ साधारण सभा शुभारम्भ कार्यक्रममा सहकारीका सल्लाहाकार एवं राम बजार सोसाइटी युकेका प्रमुख सल्लाहकार महेश गुरुङ्ग , सहकारीका पुर्व अध्यक्ष नारायण प्रसाद भट्टराई आ आफ्नो बिचार राख्नु हुदै पशुपालन, कृषी उत्पादन र शेयर सदस्य लाभान्वित हुने योजना ल्याई अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको उक्त २२औ साधारणमा फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ) हरिभक्त पौडेलले आर्थिक कारोबारका बिषयमा जगेडा कोष लगायत सबैकोष मजबुत भए हामी बलियो हुने बताउनुहुदै कास्की जिल्लाकै अरब भन्दा बढि कारोबार गर्ने ७ सहकारी भित्र रहेको र सहकारीका सबैकोषहरू मजबुत रहेको र अझ सशक्त बनाउदै लैजाने रणनीतिमा लागेको बताउनुहुदै थुप्रै कोष हरूको ब्यबस्थापन गरिएको बताउनु भयो!
कार्यक्रममा फेवा सहकारीले १० करोड सम्मको शेयर बितरण गरेको, १ अर्ब ५ करोड बराबर को कारोबार संचालन गरिएको फेवा सहकारीका सहकारीका नीति नियमहरूको पालन गरि सबै कोषहरू मजबुत रहेको कोषाध्यक्ष शेरकाजी गुरुङ्गले बताउनु भयो ।
साधारण सभा कार्यक्रममा सहकारीका सात सिद्धान्त कार्यसमितिका सदस्य किरण बैंध बिजुक्छे सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको २२औ साधारण सभा शुभारम्भ कार्यक्रममा सहकारीका सचिव दिल बहादुर भट्टराईले स्वागत गर्नुभएको फेवा बचत तथा ऋण सहकारी सस्थाका कार्यबाहक अध्यक्ष एवं २२औ साधारण सभा मुल समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ को सभापतित्वमा शुभारम्भ कार्यक्रममा फेवा सहकारीका प्रबन्धक जगन तिमल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।