गण्डकी, १4 असोज
पोखरा महानगरपालिका वडा नं. १७ जेष्ठनागरिक मञ्चको प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले टोपराज ढुङ्घानाको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । तीन बर्षे कार्यकाल रहेको सो समितिको बरिष्ठ उपाध्यक्षमा देवीबहादुर थापा, उपाध्यक्ष विष्णु बास्तोला, सचिव धर्मदत्त तिमिल्सिना, सहसचिव भिमप्रसाद सुवेदी, कोषाध्यक्ष पद्मवन्धु पोखरेल रहनु भएको छ ।
त्यसैगरी समितिको सदस्यमा विष्णुप्रसाद तिमिल्सिना,भविमाया परियार , माया बराल, हरिप्रसाद बराल, परशुराम ओझा,खिमलाल बराल र सिता पराजुली निर्वाचित हुनु भएको छ । पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले उक्त अधिवेशनको उद्घाटन गर्दै जेष्ठनागरिक दिवासेवा केन्द्रलाई वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ९६ बर्षीय चन्द्रकान्त भण्डारी र ८४ बर्षीय कर्णाखर भण्डारीलाई तातोपानी खाने धर्मस प्रदान गरिएको थियो । मञ्चद्धारा सञ्चालित दिवासेवा केन्द्रमा ६५ बर्षदेखि ९६ बर्षसम्मका ९७ जना जेष्ठनागरिक आवद्ध हुनुहुन्छ । मञ्चले छोटो समयमा तीन लाख ६६ हजार ४३८ रुपैयाको लागतमा आप्mनो कार्यालय भवन निर्माण गर्नुका साथै जेष्ठनागरिकहरुलाई तिर्थ स्थलको भ्रमण सहित श्रमिक बालबालिका अक्षयकोषमा ५० हजार रुपैया नगद सहयोग गरेको अध्यक्ष टोपराज ढुङ्घानाले जानकारी दिनुभयो ।