ताजा खबर

बिषादी रहित फलफूल तरकारी उत्पादनमा जोड दिनुपर्छः मन्त्री बराल

पोखरा १४, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बिषादी रहित फलफूल तरकारी उत्पादनमा जोड दिनुपर्ने बताउनु भएको छ । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ को बिहिबार पोखरामा सम्पन्न भएको १८ औं साधारण सभा एवं नवौं अधिवेसनको उद्घाटन गर्दै मन्त्री बरालले पछिल्लो समयमा अधिकांश फलफूल तरकारीमा बिषादीको मात्रा बढ्दै गएमा चिन्त्ता व्यत्त गर्दै बिषादी रहित फलफूल तरकारी उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो“ हाम्रो मानव स्वास्थ्यलाई असर पर्ने गरी हाल हामीले बजारमा बिषादी मिसावट भएको फलफूल तरकारी सेवन गर्न बाध्य भएका छौं, यसले गर्दा हामीलाई दृर्घकालिन रुपमा ठुलो असर पार्छ । ” कृषि बजारमा किसानले उत्पादन गरेका बस्तुहरु सिधै उपभोक्ताहरु मार्फत बिक्रि वितरण हुनुपर्नेमा बिचौलियाका कारण किसानहरु ठुलो मारमा पर्ने गरेको मन्त्री बरालले दाबी गर्नु भयो । बिचौलियाको अन्त्य गरी किसानलाई सम्मान गर्न सक्नुपर्ने मन्त्री बरालको भनाई थियो । सिमा पारीबाट आयातित बस्तुले मात्र नेपाल आत्मनिर्भर बन्न नसक्ने दाबी गर्दै मन्त्री बरालले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

किसानलाई प्रोत्साहन गर्न पनि उत्पादनमा आधारित कृषि अनुदान दिनुपर्ने उहाँको भनाइ थियो । पोखरा ९ शान्तिवनमा रहेको कृषि बजारलाई व्यबस्थित पार्न उक्त बजारको स्वामित्व प्रदेश सरकारलाई दिनुपर्र्ने मन्त्री बरालको भनाई थियो ।  पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले कोरोनाले थलिएका व्यावसायीको लागि घर भाडा छुटको प्याकेज आवश्यक भएको बताउनु भयो । ३५ प्रतिशत व्यवसायी कोरोनाले गर्दा बिस्थापित भएको उहाँको दाबी छ । पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले फलफूल तरकारीको समेत बिमाको व्यबस्था हुनुपर्ने माग गर्नु भयो । व्यवसायी सक्षम नभएसम्म देश सक्षम नहुने हुदा राज्यले यति वेला व्यवसायलाई राहत प्याकेज दिनुपर्ने माग गर्नु भयो ।

संस्थाका अध्यक्ष निर्मल प्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कलम प्रसाद पौडेल, संस्थाका निवर्तमान अध्यक्ष छेवाङ तामाङ, पूर्व अध्यक्ष केदार प्रसाद पौडेल, पूर्व अध्यक्ष रामकृष्ण दवाडी, उपाध्यक्ष राधिका थापा, सचिव सरस्वती श्रेष्ठ लगायतले वोलका थिए । कार्यक्रममा रामदेव धोवी र हरी राम गौडलाई संस्थाले सम्मानको घोषणा गरेकोे थियो । अख्तियार दुरुपायोग अनुसन्धान आयोगको आदेशले ६ महिना भित्र स्टल खुल्ला गर्न जारी गरेको सूचनाले आफुहरु हाल शसंकित भएको अध्यक्ष बास्तोलाले बताए ।

 

 

Related posts