
पोखरा १३, असोज
राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितका मन्त्री सहित विभिन्न संघ संस्थाका प्रतिनिधि मण्डलद्धारा अवलोकन गरेको छ ।
टोलीमा प्रदेशका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्री कुमार खड्का, अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, उद्योग पर्यटन बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा, कानून संचार तथा प्रदेश सभा मामिला बिन्दु कुमार थापा, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी सहितको टोलीले विमानस्थलको अवलोकन गरेको हो । उक्त टोलीलाई हालसम्म आयोजना भएका गतिविधिको बारेमा जानकारी गराउदै पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले हाल देखिएका केही समस्या राखेका छन्।
आयोजना प्रमुृख मुनानकर्मीले चाइनिज कम्पनीले अबको डिसेम्बर भित्र विमानस्थल निर्माण कार्य सके पनि केही प्राविधिक तयारी नेपाल सरकारले गर्नुपर्ने दाहित्व भएको जनाए । ई.भुपेन्द्र कुवंरले पोखरामा पहिला भएका खोल्सामा जथभावी रुपमा घर तथा भौतिक संरचना निर्माण गर्नु, पोखराको काहुँ डाँडा देखि, पोखरा फुलवारीको समेत पानी पोखरा विमानस्थमा आएको हुदा समस्या उत्पन्न भएको दाबी गरे । हाल उक्त परियोजनालाई दिगो रुपमा संचालनको लागि हाल ३४ करोडको बजेट सिंचाई र बर्षादको पानी व्यबस्थापन गर्न सकिने भएको उनले जनाए । पोखरा विमानस्थलको पुर्वपट्टिको भागमा यस बर्षको ठुलो बर्षाले गर्दा ठुलो पहिरो गएको र केही बस्ती समेत जोखिममा पारेकोले सिंचाई सहितको बर्षादको पानी व्यबस्थापनको लागि ३४ करोड रुपैयाको बजेट आवश्यक पर्ने भएको मुनानकर्मीले बताए ।
उक्त परियोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पोखरेलले जनाए । प्रदेशको विकासको इन्जिनको रुपमा रहेको उक्त विमानस्थल निर्माण भएसंगै जति सक्दो छिटो अन्तराष्ट्रिय हवाई उडान गर्न आफुहरुले चाहेको उनले जनाए ।
करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख मुनानकर्मीले बताए । गत बर्ष पहिलो लहरको कोरोना र यस चालु आर्थिक बर्षमा पनि दोश्रो लहरको कोरोनाको कारणले गर्दा कामदार तथा निर्माण सामाग्री समयमै व्यबस्थापन गर्न नसक्दा निर्धारित समय सिमा भित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएसंगै ६ महिनाको समयको म्याद थप समेत भएको उनले जनाए । सन् २०२१ को जुलाई १० अर्थात यही असार २६ गते भित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सि.ए.एम.सी. कम्पनीले जिम्मा लिए पनि कोरोनाको कारणले गर्दा समय सिमा भित्र नसकिएकोले गर्दा कम्पनीले ६ महिना समय थप गर्न प्रश्ताव गरेको थियो ।
पोखरामा हाल निर्माण भएको २ हजार ५ सय मिटर लम्बाईको रनवे, रनवेको चौडाई भने ४५ मिटरको रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ । ४१७÷१२९ मिटरको क्षेत्रफलको अन्तराष्ट्रिय एप्रोन हाल निर्माण भए पनि भविश्यमा पुनः विस्तार गर्ने योजना अनुरुप १५०÷१५२ मिटरको जग्गा समेत व्यबस्थापन गरिएको मुनानकर्मीले बताए । ८ हजार अन्तराष्ट्रिय र ६ हजार जसो आन्तरिक पर्यटकहरुको लागि, कन्ट्रोल टावर १ सय १७ मिटरको, फायरफाइटिङ क्याटगोरी एटको साथमा एउटा एम्बुसेन्स समेत व्यबस्था गर्ने उनले जनाए ।
उक्त परियोजनामा हाल १ सय ८५ चाइनिज र २ सय ३० जना नेपाली कामदारहरु कार्यरत रहेको मुनानकर्मीले जनाए । निर्माण व्यवसायीलाई करिब १६ अर्ब भुक्तानी भएको उनले जनाए । डिसेम्बर भित्र विमानस्थलको लागि आवश्यक पर्ने कुर्सी देखि अन्य सामानकहरु समेत पोखरा भित्रि सक्ने मुनानकर्मीको दाबी छ ।
आयोजनाको सबै भन्दा ठुलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवन, सहित १४ वटा भवनहरुको निर्माण कार्य सम्पन्न भई केहीको फिनिसिङको काम मात्र बाँकी रहेको उनले जनाए । सन् २०१७ जुलाईबाट उक्त परियोजनाको निर्माण कार्य सुरु भएको हो ।
पोखरा विमानस्थल भित्र इन्धन डिपो निर्माण कार्यको लागि हाल टेण्डर प्रकृया अघि बढेको मुनानकर्मीले बताए । उनका अनुसार हवाई रुटमा पर्ने रिठ्ठेपानीको डाँडा करिब ४० मिटर कटान गर्नु पर्ने त्यसको काम ढिलाइ भएको, बिमानस्थल क्षेत्र भन्दा बाहिर बर्षातको समयमा बग्ने पानी, भित्रि सडक र पृथ्बी राजमार्गको नालाबाट र सिंचाईको नहर बगेर आउने पानीको कारण विमानस्थलको पुर्वी भागमा बाढी पहिरोको समस्या रहेको र पोखरामा ल्याण्डफिल साइड हालसम्म स्थान्तरणको कुनै प्रकृया अघि नबढेको मुनानकर्मीले बताए ।
हालसम्म पोखरामा १ सय ५० देखि २ सय सिट क्षेमताका न्यारोवडि जहाजहरु आउने गरी विमानस्थल निर्माण कार्यसंगै छिट्टै संचालन गर्ने तयारी गरिएको पोखरा विमानस्थल कार्यालयका प्रमुख एवं आयोजनाका अप्रेसन संचालन गर्ने जिम्मा पाएका बिक्रम गौतमले बताए । उक्त विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गरी अन्तराष्ट्रिय हवाई उडानको संघ संस्थाहरुसंगको समन्वय र सहकार्य एवं मानयता प्राप्त भएसंगै अन्तराष्ट्रिय क्षेत्रका केही देशहरुसंग सहकार्य गर्ने भएको उनले जनाए । पोखराको लागि हाल अन्तराष्ट्रिय सिमरा, विरगन्ज र चाइनाबाट गरी हाल तीन वटा मात्र हवाई रुट रहेको गौतमले जनाए ।
पोखरा विमानस्थलमा हाल करिब ३ हजार ८ सय ९९ रोपनी जग्गा रहेको छ जसमध्य ९९ प्रतिशत आयोजनाको नाममा आएको मुनानकर्मीको दाबी छ । २०३२ सालमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानियले जग्गा अधिग्रहण गरी ३१ सय ६ रोपनी जग्गा व्याबस्थापन गरेका थिए अन्य थप जग्गा आयोजनाले चरणबद्ध रुपमा अधिग्रहण गरेको हो । उक्त परियोजनाको लागि ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६÷६
किस्ता तिर्नुपर्ने हुन्छ ।