पोखरा, १३ असोज
पोखरा २२ पुम्दी भुम्दीका दुई वटा सडक विकासको मुख्य आधार भएको स्थानियले बताएका छन्। पोखरा २२ को प्रगतिशील टोल विकास संस्थाले बुधबार चिसापानीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागि पोखरा २२ का पुम्दी भुम्दीबासीले आफ्नो क्षेत्रको विकासको पहिलो आधार मुख्य दुई सडक भएको बताएका हुन्।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनलाई करिब १० केजीको माला सहित सम्मान गरेका स्थानियले आफ्नो क्षेत्रको लागि विगत दुई दशक देखि पर्दै आएको क्रमागत योजना यसै बर्ष काटिएकोमा गुनासो गरेका थिए । स्थानियले आफुहरुको लागि मुख्य गरी छोरेपाटन, चिसापानी, खाल्से हुदै कुभिण्डे र अर्को तर्फ छोरेपाटन, शान्ति स्तुपा, लुकुन्स्वारा, कालाभाङ, पुम्दी, उल्लेरी हुदै कुभिण्डे जोड्ने सडक पहिलो प्रथामिकतामा राखेर सडक स्तरोन्नती गर्न मनत्री बराल समक्ष जोडदार माग गरेका हुन्। स्थानिय आमा समुह, क्लब, टोल विकास संस्था सहितका राजनीतिक दलका नेता सहित विभिन्न व्यत्तिहरुले मन्त्री बराललाई खादा, माला, वुकि सहित भब्य स्वागत सहित सम्मान गरेकोमा खुसि ब्यत्त गर्दै उनले आफ्नो क्षेत्रबाट उक्त सडक निर्माणमा बिषेश जोड दिने आश्वासन दिए ।
आफु जन्मेको ठाँउमा उक्त सम्मानले गर्दा भावुक भएका मन्त्री बरालले यस बर्ष दशैं अघि अबरुद्ध भएको सडक खुलाउने त्यस पछि केही बजेटको व्यबस्थापन गरी क्रमागत योजनामा समावेस गर्न पहल गर्ने बताए । उक्त दुई सडक कृषि र पर्यटनसंग समेत जोडिएको जसले गर्दा स्थानियको जीवनस्तरसंग जोडिएकोले उनीहरुको आर्थिक विकास र समृद्धि तथा सिद्धार्थ राजमार्गको समेत बैकल्पिक सडक हुने हुदा त्यस तर्फ प्रदेश सरकारको ध्यान जाने उनले जनाए । फुर्सेपुल हाल कटानको उच्च जोखिममा भएकोले त्यसको रोकथामको लागि समेत पहल गर्ने मन्त्री बरालको भनाई थियो ।
प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष नर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र गण्डकी प्रदेशका सदस्य केशव पौडेल, राजनीतिकर्मी एवं समाजसेवी लिलाधर पौडेल, पोखरा २२ का वडा सदस्य मात्रिका बराल, माओबादीका नेता चण्डकीका प्रसाद बराल, नवराज बराल, हेमराज बराल, छोरेपाटन खाल्से कुभिण्डे सडक उपभोक्ता समितिका अध्यक्ष दीवाकर पौडेल, समितिका संस्थापक अध्यक्ष दुर्गाबहादुर गुरुङ, समाजसेवी मीनराज बराल, प्यामलाल बराल, फुर्सेखोला नदी नियन्त्रण समितिका अध्यक्ष नारायण बहादुर खड्का, फुर्सेखोला खालसे युवा क्लवका अध्यक्ष दील बहादुर बराल लगायतले छोरेपाटन देखि खाल्से हुदै कुभिण्डे सडक स्तरउन्नती र फुर्सेखोला नियन्त्रण पहिलो आवश्यक भएको माग गरेका थिए ।