ताजा खबर

पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुदै

पोखरा ११, असोज

आज २७ सेप्टेम्बर विश्व पर्यटन दीवस । यस अवसरमा पोखरामा पनि विभिन्न विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदै छ । पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न ११ वटा देशका राजदुत पोखरामा आएका छन्। गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदुतहरु पोखरामा आएका हुन्।

कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुल्ला भएको सन्देस दिन पनि उक्त कार्यक्रम कोषेढुंगा सावित हुने भएकोे पोखराका पर्यटन व्यवसायीहरुको बुझाई रहेको छ । पोखरामा यस बर्ष ४१ औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराम भण्डारीले बताए । विगत दुई बर्ष देखि ठप्प रहेको पर्यटन क्षेत्रलाई पोखरा क्षेत्रमा पनि खुल्ला भएको सन्देस दिन पनि उक्त कार्यक्रम गरिएको उनले जनाए ।

जर्मनी, दुबई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार, साउदी अरेबिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेसिया, फिल्याण्डका राजदूत पोखरा आएको गण्डकी प्रदेशको पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माका प्रेस संयोजक सुदिप ढुंगानाले जनाए । उनका अनुसार सहभागि राजदुतहरुलाई आइतबार पोखरामा स्वागत गरिएको छ भने प्रदेश सरकारको स्वागतार्थ रात्रि भोज, सोमबार विहान कास्कीकोटमा हाइकिङ सहित पर्यटकीय गन्तव्यहरुमा अवलोकन गराउने कार्यक्रम रहेको छ । यसैबिच, राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ जनाको जम्बो टोलीलाई आइतबार पोखरा विमानस्थलमा स्वागत समेत गरिएको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई लगायतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

सोमबार पोखराको लेकसाइड क्षेत्रमा बेलुका मिनी स्ट्रिट फेस्टिभल पनि सञ्चालन हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ सोमबार साँझ वाराहीचोकमा आरती समेत अवलोकन गराइने भएको छ भने साँझ समेत रात्रि भोजमा सहभागि गराइने भएको छ । पर्यटन दिवसमा आयोजित उक्त कार्यक्रमले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने आफुहरुले विश्वास लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *