ताजा खबर

देशमा बिशाल क्रान्तिकारी कम्यूनिष्ट पार्टी आवश्यक छः मन्त्री बराल

पोखरा ९, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा बिशाल क्रान्तिकारी कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कास्कीको शनिबार पोखरामा सम्पन्न भएको पाचौं जिल्ला अधिवेसनको उद्घाटन गर्दै मन्त्री बरालले देशमा अब नयाँ ढंगको बिशाल क्रान्तिकारी कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका हुन्।

माओबादी विघठन भई नयाँ पुनः गठनको प्रकृयामा समेत जानसक्ने सम्भावना भएको बताउदै माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले देशको आवश्यकता अनुसार पार्टीहरु रुपान्तरण हुनुपर्ने बताए । कर्मचारी ट्रेड यूनियनले कर्मचारीको हकहितमा मात्र नभई जनताको पक्षमा सेवालाई थप प्रभावकारी बनाउने तर्फ समेत ध्यान दिन मन्त्री बरालले आग्रह गरे । संगठनमा आबद्ध कर्मचारीलाई अन्य कर्मचारी भन्दा फरक ढंगले जनमुखि र उत्तरदाहि हुन मन्त्री बरालको सुझाव छ ।

निजामती सेवा कर्मचारी ऐन जारी गर्न माग

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारीकै कारण कर्मचारी सरुवा बढुवा तथा सेवा प्रभावित हुने गरेको दाबी गरे । कर्मचारीको पेन्सन फन्ट हटाएको बिषयमा हालसम्म कुनै कर्मचारी यूनियनले यसको मुद्धा नउठाएको उनले जनाए ।


संगठनका केन्द्रिय अध्यक्ष हरिबहादुर राउलले आफ्नो संगठन बिरुद्ध कसैले धावा वोलेमा उनीहरु बिरुद्ध अब आक्रामक ढंगले अघि बढ्नुपर्ने बताए । कर्मचारीलाई उत्प्रेरक बन्ने कर्मचारी सेवा ऐन आवश्यक भएको उनले बताए । मंसिर तेश्रो साता संगठनको राष्ट्रिय महाधिवेसन हुने राउलले जनाए ।संगठनका केन्द्रिय उपाध्यक्ष अम्मरदत्त भट्टले प्रशासनिक समस्या रहेको, प्रशासनको रुप रेखा ट्रेड यूनियनमा भर पर्ने बताए ।

राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेश संयोजक तारानाथ सुवेदीले महान जनयुद्धका शहिद, जनाआन्दोलनका घाइते अपाङग भएकाहरुको परिवारलाई समेट्न सक्नुपर्ने बताए । रामचन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी पोखरा महानगरकमिटिका अध्यक्ष विश्वप्रकाश लामिछाने, उपाध्यक्ष अर्जुन ज्ञवाली, सचिव श्याम लामिछाने, संगठनका कास्की इन्चार्ज ज्ञानेन्द्र कलैनी लगायतले वोलेका थिए ।

Related posts