ताजा खबर

प्रदेश बासीमा सूचना प्रविधि पुराउन निजी क्षेत्रसंग सहकार्य गछौंः मन्त्री बराल

पोखरा ९, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश बासीमा सूचना तथा प्रविधि पुराउन निजी क्षेत्रसंग सहकार्य गर्ने बताएका छन्। कम्प्यूटर एशोसिएसन नेपाल महासंघ, कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सूचना प्रविधि आम प्रदेश बासीको पहुचमा पुराउन निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

उनले भने “सूचना प्रविधि हिजोआज मानिसको जीवन शैलि जस्तै भएको छ, आम प्रदेश बासीको पहुचमा सूचना प्रविधि पुर्याउन सरकारले आवश्यक सहयोग गर्न पनि तयार छ । ” टाठा बाठाको मात्र पहुचमा नभई सवै नागरिकको पहुचमा सूचना प्रविधि पुराउनु आजको आवश्यकता भएको मन्त्री बरालको भनाई थियो । सुखि नेपाली समृद्ध नेपाल हासिल गर्न, देशको अर्थतन्त्र चलायमान बनाउन पनि, देशको राजनीतिलाई असल बाटोमा डोर्याउन पनि सूचना प्रविधि अनिवार्य जस्तै भएको मन्त्री बरालले बताए ।

 

विश्वका दुई शक्तिशालि देशहरु मध्य मित्र राष्ट्र भारत र चिन बिचमा रहेको नेपालले सूचना प्रविधिलाई उचित ढंगले प्रयोग गर्न सके धेरै छिटो विकासमा फट्को मार्न सक्ने मन्त्री बरालको दाबी छ । सूचना प्रविधिको महत्व बुझेर एकता, सहकार्य गरी अघि बढेमा नेपालमा धेरै सम्भावना भएको उनको दाबी थियो । फरक प्रशंगमा मन्त्री बरालले असल राजनीतिको बिचारलाई अंगिकार गरी असल राजनीतिको बिचारलाई छनौट गर्न सुझाव दिए ।

एशोसिएसनका केन्द्रिय सचिव एवं कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरुङले आम नागरिकमा जति धेरै सूचना प्रविधि पुराउन सक्यो उतिनै व्यवसायीलाई फाइदा हुने दाबी गरे । कोरोनाले गर्दा यस बर्ष क्यानको कार्यसमितिको अवधि एक बर्ष थप गरिएको उनले जनाए । क्यानका गण्डकी प्रदेश अध्यक्ष तुल्सीराम पाण्डेले शैक्षिक बेरोजगार अन्त्य गर्न प्रविधि तथा सिप मुलक तालिम दिन सके स्देशमै रोजगार सृजना गर्न सकिने दाबी गरे । प्रदेशको मुस्ताङमा केही समय पछि क्यानको शाखा विस्तार गर्ने योजना रहेको उनले जनाए ।

क्यान कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्यालले कास्कीमा हाल करिब २ सय जना एशोसिएसनमा आबद्ध भएको जनाए । केही व्यवसायीहरुलाई अझै कोरोना बिरुद्धको खोप आवश्यक भएको उनले माग गरे । क्यान कास्कीका प्रथम उपाध्यक्ष आसिस गुरुङले आईसिटि कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए । क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

Related posts