
पोखरा ८, असोज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपाली साहित्यिक क्षेत्रमा नविन्ता र जीवन्तता हराउदै गएकोमा चिन्त्ताव्यक्त गर्नु भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शनिबार पोखरा २५ हेमजामा आयोजना गरेको एक समारोहमा बोल्दै मन्त्री बरालले पछिल्लो समयमा नेपाली पन नै लोप हुने अबस्थामापुगेको टिप्पर्ढी गर्दै नेपालको साहित्यिको क्षेत्रमानविन्ता र जीवन्तता हराउदै गएकोमा चिन्क्ता व्यक्त गर्नु भएको हो ।
मन्त्री बरालले भन्नु भयो “हिजोको हाम्रा रचना, गित, गजलतथा साहित्यिक लगायतका धेरै प्रकारका साधनामा तिर्खाता थियो, तर हिजो आजत्यो हराउदै गएको छ, साहित्यिक संघ संस्था र सरकारले पनि अबत्यसको संरक्षण गर्नुपर्ने अबस्थाआएको छ ।” तत्कालिन अबस्थामा नेपाली समाजको चित्रण हाम्रो, कला, संस्कृति, साहित्य, गित संगितमाछर्रलङसंग अनुभवगर्न पाउने भावहरु समेटिएको हुने मन्त्री बरालको भनाई थियो । नेपालको पहिचान नै कला, संस्कृति, यहाँको भेष भुषा भएकोले यसको संरक्षणमा सवैको ध्यान केन्द्रितहुनुपर्ने उहाँको भनाई थियो ।
यसैबिच, शिक्षासेवी, कविएवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्याय द्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मी शरणका कविताहरु लोकर्पण गरिएको छ ।मन्त्री बरालले उक्त संग्रहको लोकार्पण गर्नुभएको हो ।कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारबाट वुवाआमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गरिएको छ । उपाध्यायको ८५ औ जन्मदिनको अवसरपारेर परिवारले २ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेको उपाध्यायका जेष्ठ सुपुत्र केशवशरण पौडेलले बताउनु भयो ।उक्त अक्षयकोषको सञ्चालन प्रतिष्ठानले गर्ने छ ।
अक्षयकोषको व्याजबाट साहित्य क्षेत्रमा कलम चलाउने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ । ‘हाम्रो परिवारबाट वुवा आमाको सम्झानामा यो अक्षयकोष स्थापना गरेकाहौं’पौडेलले भन्नुभयो–‘ यो शुरुवातहो हामी अक्षयकोषलाई बढाउँदै लैजाने छौं ।’ छिट्टै नै अक्षयकोषको कार्य विधि बनाएर सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्षशंकरमणि त्रिपाठी छन्दमणिले बताउनु भयो । उक्त अक्षयकोषमा भाषविद् मुकुन्द शरण उपाध्यायले २५ हजार रुपैया हस्तान्तरण समेत गर्नुभएको छ । उक्त अवसरमा प्रतिष्ठानका संस्थापक सचिवतथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षको विदशरण उपाध्यायलाई सम्मान गरिएको छ ।
प्रतिष्ठानमा खेलेको भूमिका र नेपाल सरकारद्धारा प्रदानगर्न लागिएको जनसेवाश्री मान पदवीबाट विभूषित हुन लाग्नु भएकोमा उपाध्यायलाई सम्मानपत्र र दोसल्लाओढाई सम्मान गरिएको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्काविर्खचीले उपाध्यायका विचारलाई वाहिर ल्याउने कामको शुरुवात भएको बताउँछै यस क्षेत्रको भाषा, साहित्य, कला, संस्कृतिको उत्थानको लागि सधै हातेमाले गर्ने बताउँनुभयो ।
हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष शंकरमणि त्रिपाठी छन्दमणिको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, संस्थापक सचिवको विदशरण उपाध्याया, छन्दनायक माधववियोगी, प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्ण प्रसाद पौडेल, डा. जगन्नाथ रेग्मी, गौरी शंकर माविका सह प्राचार्य मानबहादुर कार्की, भूवनेश्वर पौडेल, प्रतिष्ठानका सहसचिवशिव त्रिपाठी, पौडेल विमुन्स, सचिब सुनिल लगायतले साहित्यको बारेमाचर्चा गर्नु भएको थियो । कार्यक्रममा छन्दीका त्रिपाठी, शिव त्रिपाठी, विमुन्स पौडेलले कवितावाचनगर्नु भएको थियो ।