ताजा खबर

उच्च शिक्षालय हिसान कास्कीको अध्यक्षमा रोक्का

पोखरा ६ असोज ।
उच्च शिक्षालय हिसान कास्कीका अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन ।

हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौ अधिबेशनले रोक्कालाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले १९ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दर प्रसाद ढकाल, सहसचिबमा पुरन कुँवरमा चयन गरेको छ ।

यसै गरी कार्यसमिती सदस्यमा डा. चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिम बहादुर गुरुङ, कृष्ण प्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ निर्विरोध चयन भएका हुन ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक मन्त्रि मेखलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

हिसान कास्कीका निवर्तमान अध्यक्ष डा रामजी शर्माको
भएको कार्यक्रममा हिसान कास्कीका संस्थापक डा.कर्णवीर पौडेल, सुर्य बहादुर जिसी, शेर बहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो भने डा.राधेश्याम कार्यस्थ र नारायण प्रसाद चापागाईलाई मरणोपरान्त सम्मान गरिएको थियो । सो अवसरमा गत चैत महिनामा भएको युनिभर्सिटी र प्लसटु तर्फ स्तरिय अंग्रेजी निबन्ध लेखन प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्तस्व.डा.राधाश्याम कायस्थ एबम स्व नारायण शर्मा चापागाईं लाई बिशेष सम्मान गरिएको थियो।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *