ताजा खबर

बन्दीपुरमा सिसाको पुल सहितको पर्यटकीय भौतिक संरचना निर्माणमा सहयोग गर्ने मन्त्री बरालको आश्वासन

तनहुँ ४, भदौं

बन्दीपुर गाउँपालिका वडा नम्बर एकको वडा कार्यालय भवन उद्घाटन 

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर एकको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बन्दीपुर एक स्थित रिमाल्नी भन्ने स्थानमा हालै नवर्निमित उक्त भवनको सोमबार एक समारोहका बिच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्घाटन गर्नु भएको हो ।
वडा कार्यालयको आन्तरिक श्रोतबाट करिब ६५ लाखको लागतमा तीन कोठे पक्की भवन निर्माण भएको बन्दीपुर वडा नम्बर १ का वडा अध्यक्ष भानुभत्त पोखरेलले बताए ।

उक्त भवन निर्माणमा स्थानिय सहितका ७ जना दाताको सहयोगबाट ४ रोपनी जग्गा प्राप्त भएको उनले जनाए । उक्त वडा कार्यालयको भवन निर्माणको लागि जग्गा दान गर्नेहरुमा बन्दीपुर १ का कृष्णराज अधिकारी, सुनिल बहादुर अधिकारी, घान्द्रुक कास्कीका कुल बहादुर गुरुङ तथा कृष्ण कुमारी गुरुङ, पोखरा ७ का मोहन कुमारी कटुवाल, पोखरा ९ का मानबहादुर थापा, पोखरा १२ का हेम बहादुर थापा र पोखरा २२ का पूर्ण बहादुर बराल रहेका छन्। कार्यक्रममा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री बरालले फेरी पनि एक पटक समिक्षा गर्न र सचेत हुन नसके राज्य प्रणाली खतरामा पर्ने सम्भावना उत्तिकै रहेको बताउनु भयो । निती निर्माणको प्रकृयामा पछि परेकालाई निती निर्माणमा नपुर्याएसम्म विकास हुन नसक्ने मन्त्री बरालको दाबी थियो । उहाँले भन्नु भयो हिजो सुकिला मुकिला मात्र राज्य प्रणालीमा पुग्ने गर्दथे तर समाजमा पछि परेकाहरुलाई निती ,निर्माण प्रकृयामा लैजाने कसको भूमिका रह्यो तपाईहरुलाई थाहा छ । फेरी महाकाल रात्रि फर्किने हो की भन्ने चिन्त्ता समेत लाग्न थालेको मन्त्री बरालको भनाई छ । खिस्सि टियुरि गर्नेलाई खबरदारी गर्न बन्दीपुर बासीलाई मन्त्री बरालले आग्रह गर्नु भयो । हामीले केही गर्नु पर्छ भन्ने हुटहुटि भएको उहाँको भनाई थियो ।
सांस्कृतिक झाँकीले विभिन्न समुदायको पिडा वोलेको बताउदै मन्त्री बरालले पर्यटकीय एवं ऐतिहासिक रुपमा पहिचान बनाएको बन्दीपुरको विकासमा सवै एक हुन आग्रह गर्नु भयो । मिनि ग्रेटवाल सिसाको पुल सहितको अन्य विकासको प्रस्तावलाई राम्रोसंग मनन गर्ने उहाँँले बताउनु भयो । प्रदेशको औकात अनुसार केही न केही सम्बोधन गर्ने उहाँले आश्वासन दिनु भयो । उहाँले भन्नु भयो प्रदेश सरकार प्रति जनताको चासो केन्द्रित भएको छ तर बजेट न्यून रहेको छ । हामी अझै लडाई प्रकृयामै छौं, स्थानिय र प्रदेश सरकारलाई बढी अधिकार दिनुपर्छ भन्दै संघ सरकारसंग समन्वय गर्दै आएको मन्त्ती बरालले बताउनु भयो । मन्त्री बरालले बाढी र पहिरोले प्रभावित भएका मनाङमा घर पूर्ण रुपमा क्षति भएकालाई २ लाख अन्य जिल्लाका परिवारलाई भने एक लाख दिने जुन रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताउनु भयो ।
उहाँले भन्नु भयो, हामीले सिप सिक्न आवश्यक छ, सवै नागरिकलाई सिप युक्त भए पनि काम अनुसारको दाम दिने समाजवाद समाजको स्थापनाको लागि हामी लागेका छौं ।

नेता तथा कार्याकर्ताले उत्पादनमा जोडिन, उत्पादन ब्रिगेड बनाउ भन्ने हिसावले निर्देशीत गर्नुपर्ने आत्मनिर्भर र स्वाभिमानि बन्नको लागि राज्यको तहबाट आवश्यक सहयोग हुने उहाँले बताउनु भयो । सवै क्षेत्रका तह र तप्काका व्यत्तिहरुलाई समेट्नुपर्ने बताउदै मन्त्री बरालले पलायन भएको युवा शक्तिलाई विना धितो ऋण दिनु पर्ने सरकारको धारणा भएको जनाउनु भयो । कसैको आशा र अपेक्षा गर्नुपर्ने अबस्था नल्याउने गरी जानुपर्ने प्रदेश सरकारको धारण समेत रहेको मन्त्री बरालको भनाई थियो । चेतनालाई तिर्खान आवश्यक भएको उहाँको भनाई थियो । गाउँपालिकाले गर्न नसकेको ठुला योजनाहरु महत्वपूर्ण कार्यलाई व्यावहारिक रुप दिन गहिरो गरी प्रदेश सरकारले मनन गर्ने उहाँले बताउनु भयो । सवै एक आपसमा मिलेर सामुहिक रुपमा व्यवसायी बन्नु पर्ने उहँको भनाई थियो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुरमा सिसाको पुल र सभाहल निर्माण गर्न आवश्यक सहयोग गर्न अर्थ मन्त्री समक्ष माग गर्नु भयो । उक्त भौतिक संरचनाले पिछडिएको बर्गलाई उत्थान गर्न सकिने दाबी गर्नु भयो । अध्यक्ष थापाले सांस्कृतिक भवन आवश्यक भएको बताउनु भयो । बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले यस बर्षको बाढी पहिरोले धेरै क्षति पुगेको गुनासो गर्नु भयो ।
माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य गंगा पोखरेलले विकासको पूर्वाधारमा बन्दीपुर गाउँपालिकाले फट्को मारेको दाबी गर्नू भयो । नेकपा एमाले बन्दीपुर गाउँपालिका कमिटिका अध्यक्ष सुरेन्द्र थापाले संघियताको पहिलो ५ बर्षमा आधारभूत कुरामा मात्र ध्यान केन्द्रित भएको बताए । बन्दीपुर एकिकृत विकास गुरुयोजना निर्माण समितिका अध्यक्ष हेमराज लामिछानेले प्रदेश सरकारले जनताको पहशुस हुने गरी जग्गा चक्लाबन्दी, पाख्रा पालनमा अनुदान सहितका धेरै कुरामा राहत प्राप्त भएको बताउनु भयो ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीले उघोग ग्राम स्थापना गर्न केही समस्या देखा परेको बताए । उनले पर्यटन र विकास निर्माणमा प्रदेश सरकारले बन्दीपुरलाई थप सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा कागेंसका महासमिति सदस्य रामचन्द्र अधिकारी, कागं्रेस नेता रेशम बहादुर गुरुङ, नेकपा माओबादी केन्द्र तनहुँका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने, नेकपाका नेता प्रेम शाही, जनता समाजबादी पार्टीका मिनाराम परियार, नेकपा क्रान्तिकारी बन्दिपुर इन्चार्ज सुन्दरलाल श्रेष्ठ, माक्सीय गुरुकुलका सदस्य गुणानिधी शर्मा, सि.के.वि.के. क्याम्पसका कार्यवहाक अध्यक्ष सरिता पियारी, ,पूर्व वडा अध्यक्ष रुद्रनिधि नौनाबस्ती, वडा सदस्य अमृत शाही, कर्मचारी ऋषिराम ढुंगाना लगायतले वोल्नु भएको थियो । कार्यक्रममा खड्गी सेवा समितिले नाखे नृत्य सहित चेपाङ मसुदाय र नेवारी समुदायको झाँकी समेत प्रर्दशन समेत गरिएको थियो ।

Related posts