वाईसिएल अब पहिलाकै रुपमा जाग्छः संयोजक अब्दुल

पोखरा, असोज २

एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल) ले वाईसिएल अब पहिलाकै रुपमा जाग्ने बताएका छन्। वाईसिएलको संयोजकको जिम्मेवारी पाएसंगै शनिबार पहिलो पटक पोखरा आएका देवकोटासँग प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अब वाईसिएललाई पहिलाकै रुपमा व्यूताउदै जाग्ने बताएका हुन्।

राज्यको सम्पती दोहन गर्ने र सबै प्रकारका अपराधीहरुलाई कारवाही गर्ने संयोजक अब्दुलले चेतावनी दिएका छन्। उनले भने “समाजमा हुने विकृति विसङगती, अनियमितता, सकरा िसम्पती कब्जा गर्ने, राज्यको सम्पती दोहन गर्ने बिरुद्ध वाईसिएलले पहिलो चरणमा हार्दिकता पूर्वक सरकारलाई माग गर्छ,यो मागलाई सम्बोधन भएन भने वाईसिएलले पहिलाकैै रुपमा सडकमै ल्याएर कारबाही गर्छ । ” प्राकृतिक सम्पदा हडप्ने, मिच्ने, कब्जा गर्ने अपराधीहरुलाई अब वाईसिएलले नछाड्ने चेतावनी दिएका संयोजक अब्दुलले भ्रष्टाचार, अनियमितता, सामाजिक अपराधका बिरुद्धमा सवै नागरिकको आफुहरुलाई साथ सहयोग आवश्यक भएको बताए । भ्रष्टाचारबिरुद्ध क्याम्पेनिङ गर्ने, युवाहरुलाई उत्पादनमा जोड्ने, संगठन बिस्तार र प्रचारप्रसार गर्ने उनले प्रष्ट्याए ।

पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल लगायतका पर्यटकीय सार्वजनिक सम्पती हडप्नेहरुलाई ढुंकसंग अब बस्न नदिने उनको भनाई छ । संयोजक देवकोटाले वाईसिएलले अब पालिकाहरुमा भएको भ्रष्टाचारको खोजी गरेर छिट्टै सार्वजनिक गर्ने दाबी गरे । अहिले महालेखा परीक्षकको कार्यालयले पालिकाहरुमा भएको भ्रष्टाचारहरुको उजागर गरेको अब्दुलले जनाए । सरकारलाई सात सय ५३ वटै स्थानिय तहहरुमा भएको भ्रष्टाचारको खोजि गरोस् भनेर ज्ञापन पत्र बुझाएको बताएका संयोजक अब्दुलले अब वाईसिएलले पनि प्रत्येक स्थानिय तहमा भएको भ्रष्टाचारको खोजी गर्नै जनाए । पोखरा महानगरपालिकामा भएको ७० करोडको बेरुजु पनि एक प्रकारको भ्रष्टाचार भएको उल्लेख गर्दै अब्दुलले त्यसको हिसाबकिताब खोजिने जनाए । महानगरको १३ करोड गायब भएको विषयमा समेत अध्ययन गर्ने उनले जनाए ।

तानाशाह केपी शर्मा ओलीलाई ढालेर आएको वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई थप सजग गराएको उनको बुझाई छ । वाईसिएलका लागि देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्ता र संविधान सबैभन्दा माथि भएको उनले दाबी गरे । देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौम सत्ता र संविधानलाई बन्दकी राखेर कुनैपनि देशको अनुदान र सहयोग वाईसिएललाई मान्य नहुने संयोजक अब्दुलको भनाई थियो । एमसिसीमा भएको केहि प्रावधानका कारण देशको राष्ट्रियता खतरा पर्ने उनले जनाए ।

संयोजक देवकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै कारण अहिले बजेट खर्च गर्न नपाउने स्थितिमा पुगेको जनाए । संयोजक देवकोटाले युवालाई उद्यमशिलतासंग जोडेर रोजगारी, स्वरोजगार बनाउँदै देशलाई समृद्धि र विकासको बाटोमा डोहो¥याउनु पर्ने अबस्था आएको जनाए । संयोजक देवकोटाले वाईसिएलले प्रत्येक निर्वाचन क्षेत्रमा स्वयम्सेवक दस्ता र प्रत्येक पालिका र प्रत्येक वडामा स्पेसल टास्क फोर्स बनाउने बताए । प्रत्येक निर्वाचन क्षेत्रमा एक हजार जनाको स्वयम्सेवक दस्ता ,प्रत्येक पालिका र प्रत्येक वडामा स्पेसल टास्क फोर्स गठन गठनको प्रकृयामा रहेको उनले जनाए ।

 

Related posts