ताजा खबर

‘सयपत्री सामाजिक उत्तरदायित्वमा अब्बल’

पोखरा, २ असोज ।

सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । भदौ २४ गतेदेखि २७ गतेसम्म भच्र्युल माध्यमबाट भएको छलफल शनिबार सभा गर्दै समापन भएको सहकारीले जनाएको छ ।

पोखरा ११ रानीपौवास्थित सहकारीको भवनमा भएको समापन सभामा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सयपत्री सहकारीले आर्थिक कारोबारसँगै समाजिक उत्तरदायित्वमा फड्को मारेको बताए । उनले उत्कृष्ठ सहकारीमा नाम लेखाउन सफल सयपत्री सहकारीले नियमनकारी निकायको ऐन, मुल्य मान्यतालाई ध्यानसमेत दिएको बताए ।

सहकारीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको सभा सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेका थिए । उपाध्यक्ष भीमप्रसाद न्यौपानेको स्वागत र सदस्य प्रमिला श्रेष्ठको ७ सिद्धान्त वाचनमा सुरु भएको सभामा पूर्व अध्यक्ष विश्वराज बाँस्तोलाले कोभिड महामारीकाबीचमा पनि राम्रो प्रगति गर्न सफल भएको उल्लेख गरेका थिए ।

साधारण सभामा वर्ष उत्कृष्ठ कर्मचारीमा बरिष्ठ सहायक राजेन्द्रप्रसाद बाँस्तोला र बजार सहायक बेलु भट्टराई सम्मानित भएको व्यवस्थापक विकास सुवेदीले जानकारी दिए । सहकारीको साधारण सभामा सहकारीका कानुनी सल्लाहकार रोहितराज बाँस्तोलालाई गण्डकी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता र सल्लाहकार विश्वमोहन अधिकारी युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी निर्देशकमा नेपाल सरकारले नियुक्त गरेकामा बधाई साथ सम्मान गरिएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले चालु आर्थिक वर्षमा १२ करोड ९५ लाख सेयर पुँजी, १ अर्व ४० करोड निक्षेप, १ अर्व ३२ करोड कर्जा लगानी रहेको जानकारी दिएका थिए । सहकारीमा वसालत १ अर्व ७६ करोडको रहेको प्रबन्धक विकास सुवेदीले जानकारी दिए । सहकारीका अध्यक्ष रवीन्द्रनाथ बाँस्तोला, सचिव कृष्णप्रसाद आचार्य, कोषाध्यक्ष धर्मप्रसाद बाँस्तोला, लेखा समिति संयोजक नारायणप्रसाद बाँस्तोलाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको सहकारीले जनाएको छ ।

सहकारीले साधारणसभाको माइन्युटमा हस्तक्षर गर्न सदस्य प्रतिभा आचार्य र नारायण पौडेललाई सर्वसम्मत चयन गरेको छ भने लेखा पीरक्षकसमेत सर्वसम्वत नियुक्त गरिएको जनाएको छ । सहकारीका सदस्यले भौतिक तथा भच्र्यूल सभामार्फत् राखेको गुनासोको सम्वोधन गर्दै अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संस्थाको हितमा लाग्ने, भावि दिनमा उच्चतम प्रविधि प्रयोग गर्ने, सदस्यको स्वस्थ्य बीमा गर्ने, सञ्चालक तथा कर्मचारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी तालिम दिने, उत्पादन तथा कृर्षि क्षेत्रमा कर्जा प्रवाह गर्ने धारणा राखेका थिए । सहकारीले निःशुल्क वितरण गरेको डेबिट कार्ड प्रयोग गर्न र मोबाईल बैंकिङ सेवा उपयोग गर्न अनुरोध गरेको छ ।

Related posts