ताजा खबर

प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा ध्यान केन्द्रित गर्न मन्त्री बरालको आग्रह

पोखरा २, असोज

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा आधारित उद्योग धन्दा स्थापना गर्नुपर्ने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको शनिबार सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर बनाउनको लागि उत्पादनमा आधारित उद्योग धन्दा खोल्नुपर्ने बताएका हुन्।

कच्चा पदार्थको उपलब्धताको आधारमा सानो देखि मझौला हुदै ठुला उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । निजी क्षेत्रको पुंजिलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसमा प्रदेश सरकार तयार रहेको बताएका मन्त्री बरालले निजी क्षेत्रलाई उत्पादनमा आधारित उद्योगहरु संचालन गर्न अघि बढे कानूनि बेबदान र समन्य तथा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे । उनले भने “बामेसर्न लागेको हाम्रो अर्थतन्त्र फेरी कोभिड —१९ ले पछि धकेलिएको छ, सुखि नेपाली समृद्ध नेपाल बनाउने अभियानमा निजी पुंजिलाई अब ठिक ढंगले परिचालन गर्नुपर्छ । ” देशको आर्थिक विकास हुन बजारमा चहल पहलसंगै राजनीति स्थिरता आवश्यक पर्ने मन्त्री बरालको भनाई छ । गण्डकी प्रदेशको अर्थतन्त्र सुदृण हुने गरी ध्यान केन्द्रित गर्न सकरात्मक सोच बनाउनु निजी क्षेत्र अघि बढ्न उनको सुझाव छ । निजी पुंजिको सुरक्षाको लागि र कानूनी प्रकृयालाई सरलीकरण गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालको भनाई थियो ।

उनले भने “ कोभिड १९ ले मानव जातिलाई क्षेद— विच्छेद बनाएको छ, मानव जिवनलाई अस्त व्यस्त बनाएको, अबको यो अबस्थामा जन—जीवनलाई सहज तुल्लाउन पनि सचेतना पूर्व बजारलाई खुल्ला गर्नुको विकल्प छैन । ” सबै नेपाली जनतालाई छिटो भन्दा छिटो कोरोना बिरुद्धको खोप उपलब्ध गराउन राज्यको ध्यान केन्द्रित भएको दाबी गरेका मन्त्री बरालले अब बिस्तारै बजार सहज हुने विश्वास व्यत्त गरे । कोरोनाका वेला स्वास्थ्य सामाग्रि सहित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कमर्सलाई मन्त्री बरालले प्रशंसा गरे । संस्थाका कार्यवहाक अध्यक्ष ज्ञान बहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव उमराज पौडेलले बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष किसान सुनार, सचिव एवं एक व्यक्ति एक संस्था अक्सिजन ग्याँस सिलिण्डर कार्यक्रमका संयोजक प्रेम सुवेदी, महिला उद्यमी एवं व्यवसायी टिका गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

यसैबिच, पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । उक्त अधिवेशनबाट अध्यक्ष, यमनाथ पौडेल निवर्तमान अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २ सचिवमा नविन बराल र विष्णुप्रसाद बास्तोला, कोषाध्यक्ष सुरेश दाहाल, सहकोषाध्यक्ष कल्पनादेवी तिमिल्सिना सहित ११ पदाधिकारी निर्विरोध भएका छन् ।

 

 

Related posts