
पोखरा ३१, भदौं
सेतो सुनको रुपमा रहेको ढुंगा गिर्टी उचित ढंगले व्यबस्थापन गर्न सके करोडौं राजश्व संकलन हुने प्रदेश सरकारले वालुवालाइदाबी गरेको छ । नेपाल नगरपालिका संघले विहिबार पोखरामा आयोजना गरेको प्राकृतिक श्रोतबाट प्राप्त राजश्व संकलन र श्रोतको समुचित परिचालन अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले प्राकृतिक श्रोत ढुंगा गिटी वालुवा वातावरणलाई कुनै असर नपर्ने गरी त्यसको उचित प्रयोग गर्न सके सेतो सुनको रुपमा सरकारलाई राम्रो आम्दानीको श्रोत हुने बताएका हुन्।
केही ठाउँमा आवश्यकता भन्दा बढी श्रोतको उत्खन्न तथा केही ठाउँमा कानुनि जटिलताले गर्दा पनि एउटा सतहमा जम्मा भएको श्रोतले गर्दा खोला तथा नदी र खहरे खोलाले बस्ती तथा खेति नै कटाउन गर्ने गरेको सहभागिहरुले गुनासो गरेका छन्। गण्डकी प्रदशेका मु्ख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानूनि जटिलताले गर्दा पनि कति प्राकृतिक श्रोत साधनलाई प्रयोग गर्न नसकिएको गुनासो गरेका छन्। श्रोतको बाडफाँड अहिलेको अबस्थाको ठ्याक्कै उल्लो गराउनु पर्ने उनको भनाई थियो । उनले भने “ अहिले पनि रुख कटान गर्न सिंह दरबाटरबाट आदेश लिनु पर्छ, प्रदेशको रुख काट्दा संघको अनुमति लिनु पर्छ ।” प्रदेशले एक हप्तामा गर्ने मुद्धा संघमा जानुपर्दा करिब एक बर्ष लाग्ने गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सेतो सुनको रुपमा लिने गरेको ढुंगा गिटी वालुलाई उचित ढंगले प्रयोग गर्न सके स्थानिय, प्रदेश र संघिय सरकारले करोडौ थप राजश्व संकलनमा बृद्धि गर्न सक्ने दाबी गरे । कानुनि अबरोधह्रुलाई विस्तारै हल गर्दै जानुपर्नेm उनको भनाई छ । हरियो वन नेपालको धन भन्ने नारा अझै पनि यो नारामै सिमित भएको बताएका मन्त्री बरालले वन निती नेपालको भूगोल अनुसार हुनुपर्नेमा जोड दिए । आन्तरिक श्रोतको पहिचान गरी स्थानिय र प्रदेश सरकारलाई आत्मनिर्भर बनाउनुपर्ने मन्त्री बरालको भनाई थियो ।
देशका वन वातावरण तथा भू—संरक्षण मन्त्री दीपक थापाले श्रोत बाडफाँड अन्र्तगत ५० प्रतिशत जसो स्थानिय तहले नै पाउनु पर्ने बताए । स्थानिय तहलाई बढी जिम्मेवार हुने हुदा श्रोत पनि बढी उपलब्ध गराउनु पर्ने उनको भनाई थियो । प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले प्राकृतिक सन्तुलन कायम गरी प्राकृतिक श्रोतको व्यबस्थापन गर्नुपर्ने जनाए ।
श्रोत बाडफाँडमा प्रदेश सरकार ठगिएको उपाध्यक्ष काफ्लेले गुनासो गरे । प्रदेशका प्रमुख सचिव दामोदर रेग्मीले विभिन्न ठेक्कामा दिएका श्रोतको मापन र त्यसको मुल्याङकन हुन नसक्दा करोडौं राजश्व समेत गुमेको र केही ठाँउमा मानब बस्ती समेत जोखिम भएको बताए ।
संघका अध्यक्ष असोक वेन्जुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राकृतिक श्रोत तथा वित्त आयोगका सहसचिव रामचन्द्र दंगाल, नेपाल सरकारका पूर्व सहसचिव पुरुषोत्तम नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।