ताजा खबर

गण्डकी प्रदेशका केही व्यवसायीको उत्थानको लागि एक अर्ब कर्जा प्रवाह

पोखरा ३०, भदौं

गण्डकी प्रदेशका केही उद्योगी व्यवसायीहरुको उत्थानको लागि कबिर एक अर्ब कर्जा प्रवाह भएको छ । प्रदशेको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रमबाट प्रदेशका केही व्यवसायीहरुको उत्थानको लागि उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरी भट्टराईले बताए ।

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रमबाट प्रदेशका ८ सय ६७ जना लाभान्वित भएको उनले जनाए । प्रदेश सरकारले गत बर्ष देखि सुरु गरेको उक्त कार्यक्रम अन्र्तगत यही भदौं २३ गतेसम्मको तथ्याङक हेर्दा प्रदेशका ८ सय ३७ जना व्यवसायीहरुलाई निब्र्याजी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ ।

६ हजार ७ सय ८० आवेदन मध्य ८ सय ९१ जना व्यवसायीहरुको आवेदन अस्विकृत भई अब ८ सय ३७ जनालाई निब्र्याजी कर्जा प्रवाह गर्ने प्रकृयामा रहेको निर्देशक भट्टराईले बताए । उनका अनुसार २०७८ चैत मसान्तरसम्मका लागि ४ अर्ब ५१ करोड कर्जा प्रवाह गर्न सकिन्छ । हालसम्म करिब एक अर्ब रुपैया निब्र्याजी कर्जा प्रवाह भएको बताएका भट्टराईले ७ अर्ब ६७ करोड रुपैया बराबरको निब्र्याजी कर्जा प्रवाह गर्न माग भई आएको जनाए । भदौं २३ गतेसम्म ९३ करोड ४० लाख रुपैया निब्र्याजी कर्जा प्रवाह भएको उनले जनाए ।

उक्त कोषले साना तथा मझौला केही व्यवसायीलाई थप राहत भएको प्रदेश सरकारले जनाएको छ । उक्त कोषबाट ५० हजारदेखि १५ लाखसम्म निब्र्याजी कर्जा प्रवाह भएको छ । पर्यटन, कृषि, उद्यम, यातायात,उत्पादन, सेवा लगायतको क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न उक्त कोष सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशका स्थानीय तहहरूमा सरकारी कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका ‘क’ वर्गका १८ वटा बैंकहरूका प्रदेशका ११ जिल्लामा रहेका ४ सय वटा शाखाबाट सेवा प्रवाह संचालन भएको छ । उक्त कर्जा प्राप्त गर्ने व्यवसायीहरुले ३ बर्षको लागि प्रयोग गर्न पाउने छन्।
यसैबिच, नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले २०७७ जेठ २६ गते असार १० गतेसम्म कोभिड १९ ले अर्थतन्त्रमा पारेकोे प्रभाव सम्बन्धि सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा संचालनमा रहेको उल्लेख छ । कोभिडको प्रभावले उद्योग÷व्यवसाय ३५ प्रतिशत आंशिक संचालन भएको, ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरुपमा बन्द रहेको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कोभिडले अर्थतन्त्रमा पारेको सर्वेक्षणमा उल्लेख गरेको छ ।

बन्दाबन्दीको अवधिमा ५०.९ प्रतिशतले कर्मचारीलाई बेतलबी विदा दिएको, २५.१ प्रतिशतले आंशिक तलव तथा सुविधा दिएको, बन्दाबन्दी पछि पनि ३४.३ प्रतिशतले भने बेतलवी बिदा दिएको, बन्दाबन्दीमा १३.६ प्रतिशत र बन्दाबन्दी पश्चात १४.७ प्रतिशत व्यवसायीहरुले कर्मचारीलाई रोजगारबाट हटाएको उल्लेख गरिएको छ । उक्त सर्वेक्षणले व्यवसायलाई सामान्य अबस्थामा फर्काउनको लागि सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप उपलब्ध गराउनु पर्ने, विदेशीलाई नेपाल सुरक्षित छ भन्ने व्यापक प्रचार प्रसार गर्नुपर्ने, सरकार र सम्बन्धित पक्षबाट राहत प्याकेज ल्याउनु पर्ने, सहुलियत दरमा कर्जा पाउनु पर्ने कर्जा, सावा र व्याज तिर्ने अवधि लम्बाउनु पर्ने, आन्तरिक पर्यटन प्रबद्र्धनमा छुट्टै प्याकेज ल्याउनु पर्ने, पर्यटन पूर्वाधार निर्माण गर्नुुपर्ने, पर्यटन व्यवसायीलाई कर छुट हुनुपर्ने, अन्य रोजगार बृद्धि हुने कार्यक्रम समेत ल्याउनु पर्ने लगायतका केही सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

 

 

Related posts