ताजा खबर

बगैंचा टोल विकास संस्था बैदाममा ढकाल

पोखरा ३० भाद्र

बगैचा टोल विकास सस्था पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुन मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न प्रथम अधिबेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

सस्थाको उपाध्यसक्षमा उर्मिला ढकाल चयन भएकी छन् । यस्तै सचिवमा रेनु थापा लामिठाने, कोषाध्यक्षमा राम ढकाल, ससचिबमा रमा शिबभक्ती चुनिएकी छन् ।
यस्तै सदस्यहरुमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुवँर, मिठु गिरी , शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सिता पौडेल चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

निर्वाचन अघी भएको संस्थाको अधिबेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा न ६ रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य बगैचा टोल विकास संस्था अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको प्रस्टाए । बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकी मजदुर देखी सम्पूर्ण वडाबासीहरुलाई कोभिड रोग विरुद्दको खोप उपलब्ध गराउन आफुले जति सक्दो छिटो स्थानिय देखी प्रदेश सरकार सगँ माग गरको जानकारी दिए । डिहिको पाटन देखी वडा कार्यलय हुदै मालपोत कार्यलय सम्मको सडक जिड रहेको बताउदै, मर्मत सुधार गर्ने प्रदेश सरकार सगँ ताकेता गरीराखेकोले एकदुई महिना भित्र सडकको मर्मत कार्यको थालनि हुने जानकारी समेत दिएका थिए ।

बिषेश अतिथि टोल सुधार समन्वय समितिका बैदामा पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरीराज अधिकारीले वडा समिति बैदामका पदाधिकारीहरुले गरेको सानो भन्दा सानो कामलाई बढाई चढाई गरि काम गरेको देखाउन सेल्फी खिच्ने मोह बढेकोमा गुनासो पोखेका थिए । उनले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविकासको बारेका जनचेतना फैलाउन आग्रह गरे ।
अध्यक्ष मिना ढकालले संस्थाले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन । अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुर्धान वडा कार्यलय सगँ समन्वय गरेर सिलाइ कटाइ, सिङ्कके धुप र मैनबत्ती बनाउने तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन ।

अध्यक्ष मिना ढकाल सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकालले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब रेनु थापा लामिछाने सल्लाहकार प्रेमनारायण अधिकार, सल्लाहाकार बलराम गिरी, मिडिया सल्लाहाकार गणेश पहारी, सदस्य बासु बराल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।  कार्यक्रममा सचिब रेनु थापा लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कार्यबाहक कोषाअध्यक्ष बासु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।

 

Related posts