
पोखरा भदौ ३०
पोखरा ६ लेकसाइड शान्तिपथ मार्ग बाट साउन १८ गते भेटिएको नगद ५० हजार रुपँैयाप्रहरी लाई बुझाइएको छ । लेकसाइड शन्ति पथ बस्दै आउनुभएकी सृजना पराजुली बरालले भटेनुभएको उक्त रकम रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको रोहवरमा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापा र कास्की प्रहरी प्रवक्ता प्रहरी नायवउपरिक्षक सुबास हमाललाई हस्तान्तरण गरनुभएको छ । उक्त रकम स्कुटरबाट खसेको बरालले उल्लेख गर्नुभयो ।
साथै रेडियो अन्नपूर्णको कार्यक्रम पोखरा कलइनमा पैसा भेटे पछि आफ्नो अनुभब सुनाउदै बरालले भेटिएको उक्त रकम शुरुमा फेसबुक ग्रुपहरुमा राखेको बताउनुभयो । फेसबुकमा राख्दा समेत कोही सम्प्र्रकमा नआएपछि रेडियोकोे माध्ययम सम्म आइपुगेको समेत उहाँले जनाउनुभयो । साथै उहाँले अरु लाई पनि आग्रह गरदै जोक सैले पनि केही कसैको समान भटे फिर्ता गर्न आग्रह समते गर्नुभयो ।
उक्त रकम जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको छ प्रमाण सहित आएमा सम्बन्धीत ब्यक्तीलाई फिर्ता गरिने कास्की प्रहरी प्रवक्ता हमालले बताउनुभयो ।