ताजा खबर

फुटसल लिगः क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

पोखरा, २८ भदौ

नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रङ्गशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धि सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए ।

उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजार समेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक कार्यक्रमहरुमा सहकार्य निरन्तर गर्नेछौ ।’

पोखरा महानगरपालिका १ स्थित शिक्षा कार्यालयको पारिपट्टिरहेको दीप अस्पतालमा २४ सैं घण्टा आकष्मिक सेवा समेत सञ्चालन हुदै आएको छ । गुरुङका अनुसार आकष्मिक सेवासँगै भिडियो एक्सरे, एक्सरे, ईसीजी, ओपिडी र ल्याबको व्यवस्था रहेको छ ।

ईन्स्युरेन्स पार्टनरमा ‘सगरमाथा’

सगरमाथा ईन्स्युरेन्स कम्पनी प्रालिले क्यासलका खेलाडीहरुलाई लिग अवधिभरका लागि जनही १ लाख बराबरको स्वास्थ्य विमाको व्यवस्था गरेको न्यूरोड शाखा प्रमुख राजेश केसीले बताए । उनका अनुसार खेलका अवधिमा कुनै पनि क्यासलका खेलाडी घाईते भएमा उपचारका लागि सगरमाथा विमा कम्पनीले व्होर्नेछ ।

यसअघि क्यासललाई पोखराकै प्रतिष्ठित व्यपारिक घराना अंशुभराले मुख्य प्रायोजनको रुपमा एक वर्षको लागि सम्झौता गरिसकेको छ । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासलसँगै सविन मेमोरियल फुटसल टिमले उक्त लिगमा सहभागिता जनाउदैछ । देशभरबाट कुल १० टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख र उपविजेता टिमले ५ लाख प्राप्त अखिल नेपाल फुटबल संघ (एन्फाले) जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *