पोखरा भाद्र २५ ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्ण चन्द्र नेपाली पोखरेलले नेपाली काँग्रेसको प्रधानमन्त्रि र मुख्य मन्त्रि हुन्छन भनेर आफुले सपनामा पनि नसोचेको बताएका छन । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ ले शुक्रबार आयोजना गरेको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको पदस्थापन एवं १०८ औ विपि जयन्ति अवसरमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन । नेपालका कम्युनिष्टहरुले दुई तिहाई को सरकार चलाउन नसक्दा उनिहरु प्रति जनताको विश्वास घटेको छ । उनले नेपालको कठिन मोडमा नेपाली काँग्रसले नै सत्ताको बागडोर समालेर ४६, ६२ र ६३ सालको आन्दोलन सफल भएको प्रस्टाए । नेपाली काँग्रेसको नेतृत्वमा नँया संविधानको घोषण भएको स्मरण गर्दै नेपालको लोकतान्त्रि पाटि भनेकै काग्रेस भएको बताए । प्रदेश सरकारले प्रदेशका सबै नागरिक लाई कोरोना विरुद्धको खोप समयमा नै लगाइ सक्ने र पोखराको पर्यटन क्षेत्र विस्तारै पहिला कै अबस्थामा फर्कनेमा आफु विश्वस्त रहेको जानकारी दिए ।
नेपाली काग्रेसका कास्की जिल्ला पूर्व सभापति तथा आमन्त्रिक केन्द्रिय सदस्य सुक्रराज शर्माले कम्युनिष्टलाई अब जनताले विश्वास नगर्ने भन्दै, नेता शर्माले अब कांग्रेस देशको ठूलो पार्टी बन्ने दावी गरे । युग पुरुष विपि कोइरालाको स्मंरण गर्दै विपिका सिद्धान्तमा नेपाली काँग्रेस अघि बढ्नु पर्ने कुरामा जोड दिए । उक्त अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्माले सबै नेता कार्यकर्तालाई एकतावद्ध बनाएर कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस सुभेछु संस्था समन्वय विभागका केन्द्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि दिपकविर कुँवरले काग्रेसका नेताहरुमा हैकम बादी प्रवृति हावी रहेको हँुदा कार्यकर्तामा निरासा छाएको जानकारी गराए । उनले काँग्रेसलाई सच्चिन जोडदिदै जन नेता विपि कोइरालाको आर्दशलाई आत्मसात गर्ने आग्रह गरे । पोखरा महानगर पालिका पूर्व उपमेयर तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराईले आफु कुनै पनि विरुवाको फलखान नेपाली काँग्रेसमा प्रवेश नगरेको बताउदै फलदिने विरुवालाई मलजल गरि विरुवा हुर्काउन नेपाली काँग्र्स पाटि रोजेको बताए । नेपालको प्रजातान्त्रिक पाटि भनेकै नेपाली काँग्रेस भएको ठोकुवा गर्दे नेपाली काग्रेसले नेपाली जनताको मन जित्न उपस्थित सबैमा आग्रह गरे ।
पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगतबहादुर पहारीले चुनावसंगै पार्टीका नेता कार्यकर्तामा उत्साह आएको बताए । चुनाब प्रजातान्त्रिक प्रक्रिया रहेकोले ब्यक्ति ब्यत्ति विच गाली गलौज गरेर होइन सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कांग्रेस पोखरा ६ का नवनिर्वाचित वडा सभापति सन्तोष पौडेलले पार्टीलाई सशक्त ढंगले अघि बढाउन आफू हरदम तयार रहेको बताए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई मनन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने र आउँदो स्थानिय चुनाबमा पाटिको सम्पूर्ण टिमलाई जिताउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
पार्टीका निवर्तमान सभापति बलराम गिरी,पूर्व सभापति नेत्रपाणी न्यौपाने, क्षेत्रिय प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि पवित्रा थापा, सचिब प्रकाश न्यौपाने लगाएत ले कार्यकर्तालाई जगाउने गरी पार्टी अघि बढ्न निर्वाचित पदाधिकारीहरुलाई सझाब दिएका थिए ।
विहिबार नै आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको शपथ खुवाएर पदस्थापन गरिएको थियो ।