ताजा खबर

श्रोत सुनिश्चित हुन साथ क्रमागत योजनाहरुलाई निरन्तरता दिन्छौंः अर्थ मन्त्री बराल

पोखरा २३, भदौं

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बजेटको श्रोत सुनिश्चित हुने विक्तिकै क्रमागत योजनाहरुलाइ निरन्तरता दिने बताउनु भएको छ । बुधबार पोखरामा आयोजना भएको स्थानिय सरकारमा सार्वजनिक वित्त व्यबस्थापन सवाल, समस्या र अन्तर सरकार समन्वय प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम वोल्दै अर्थ मन्त्री बरालले चालु आर्थिक बर्षमा श्रोतको सुनिश्चित हुन साथ क्रमागत योजनालाई निरन्तरता दिने बताउनु भएको हो ।

मन्त्री बरालले भने “बजेटको श्रोत सुनिश्चित हुने वित्तिकै पहिलाका क्रमागत योजनाहरुलाई हामीले निरन्तरता दिन्छौं, कुनै पनि बहुबर्षीय योजना काटिएका छैनन, त्यसलाई अनुसुचिमा लगेर राखिएको छ । ” प्रदेश सरकारले चालु आर्थिक बर्षमा ल्याएको ३० अर्बको बजेट मध्य ६ अर्बको घाटा बजेट प्रस्तुतः गर्दा केही योजनाका बजेट सुनिश्चित नहुदा केही समस्या भएको मन्त्री बरालको भनाई थियो । २४ अर्ब जसो बजेट सुनिश्चित भएको उनको भनाई थियो । प्रदेशको पूंजि बृद्धि गर्न जनता बिचमा छरिएको धेरै बस्तुलाई संकलन गर्नुपर्ने उनले बताए ।

मन्त्री बरालले भने “ प्रदेशमा लगानी सम्मेलन पनि गरौंला तर त्यस भन्दा पहिला आफ्नो पुंजि र श्रोत साधनको पहिचान सहित योजनाहरु छनौट गर्नुपर्छ ।” संघियतामा गाउँ गाउँमा सिंहदरवार पु¥याउने भने पनि व्यवहारमा त्यो अझै लागु गर्न कठिन भएको मन्त्री बरालको भनाई थियो । संघियता अझै पनि पूर्ण रुपमा कान्वयन हुन नसकेको बताएका मन्त्री बरालले संघियता हाल अभ्यासको क्रममा रहेको उल्लेख गरे । उनले भने “हामीले साच्चै संघियताको मर्मलाई ठिक ढंगले व्यवहारिक रुप दिन सकेनौं भने संघियतालाई कसरी फेल बनाउने भित्रि र बाहिर केही शक्ति लागेका ले उनीहरुलाई थप वल पुग्न सक्छ, यसमा सवै सजग हुनु पर्छ । ” संघियताको कान्वयनको संस्थापक आफुहरु रहेको मन्त्री बरालले दाबी गरे । उनले भने “सरकार कहिले कसको नेतृत्वमा बन्ला त्यो ठुलो कुरा होइन, पहिलो कुरा हाम्रो प्रणाली बचाउनु पर्छ । ”

चालु आर्थिक बर्षका योजनाहरु कान्वयनमा जाने गरी अघि बढाउन आग्रह गर्दै मन्त्री बरालले योजना कान्वयन हुने सम्भावना नभएको खण्डमा अर्थ मन्त्रालयले समर्पण गराउने बताए । उनले केही योजनाहरु सरेण्डर गर्न नपरोस भन्दै यदि सरेण्डर गर्नु परेमा पछि नपर्ने चेतावनी समेत दिएका छन् । अर्थ मन्त्रीले बजेट नबनाउदाको पिडा आफुले भोग्नु परेको उल्लेख गर्दै मन्त्री बरालले समन्वय, सहअस्तित्व र सहकार्य गर्दै तीन वटै सरकार बिच सम्बन्ध राम्रो हुनु पर्ने बताउनु भयो । गाउँ पालिका राष्ट्रिय महांसंघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रमम वोल्दै प्रदेश निता योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वित्तिय व्यबस्थापनमा पारदर्शीता आवश्यकता भएको बताए । विकासका कार्यक्रमलाई राजनीति रंग दिन नहुने उनको भनाई थियो । योजना छनौटमा बर्गीकरणको आधारमा स्पष्ट निती नै ल्याउने तयारी गरिएको उपाध्यक्ष डा. काफ्लेले जनाए ।

नेपाल नगरपालिका महासंघका केन्द्रिय सचिवालय सदस्य पदमपाणि शर्माले स्थानिय तहमा अन्य सरकारको तुलनामा कम बेरुजु रहेको दाबी गरे ।  सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवासचन्द्र शिवाकोटीले स्थानिय सरकारमा सार्वजनिक वित्त व्यबस्थापन सवाल तथा समस्या र अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीः राख्दै असारमा खर्च गर्ने प्रणालीलाई सुधार गर्नुपर्ने बत
ाए । हरेक महिनामा खर्च र प्राप्तीको सन्तुलनका आधारमा योजना अघि बढाउनु पर्ने बताउदै उनले अन्य सरकारको तुलनामा स्थानिय सरकारमा कम बेरुजु रहेको जनाए ।

महासंघ गण्डकीका संयोजक इश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिवालय सदस्य खिम बहादुर थापा, महासंघ गण्डकीका सहसंयोजक राजु पौडेल, महासंघका प्रदेश अधिकृत निता राउत, महासंघकी निती तथा कानुन अधिकृत गिता शीरीस लगायतले वोलेका थिए । कार्यक्रममा सहभागि पालिका प्रमुख तथा उप—प्रमुख एवं प्रशासकिय प्रमुख सहितका सहभागिहरुले स्थानिय सरकार बलियो नभएसम्म संघियता सफल कान्वयन नहुने दाबी गर्दै प्रयाप्त बजेटको माग गरेका थिए ।

Related posts