ताजा खबर

कर्मचारी क्षेत्रमा भन्दा राजनीति क्षेत्रमा समस्या रहेको अर्थ मन्त्री बरालको दाबी

पोखरा २०, भदौं

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कर्मचारी भन्दा राजनीति क्षेत्रमा बढी समस्या रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीको आइतबार पोखरा १४ मा रहेको शहिद स्मृती आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्रि हस्तान्तरण कार्यक्रममा वोल्दै मन्त्री बरालले कर्मचारी भन्दा राजनीति क्षेत्रमा बढी समस्या देखा परेको बताएका हुन्।

माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले फेरी पनि असल कम्यूनिष्टहरु बिच एकताको जरुरी रहेको जनाए । मन्त्री बरालले कर्मचारी क्षेत्रबाट व्यानरमा लेखिएको “व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन” लागु हुने गरी व्यवहारमा लागु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन्। नेताहरुलाई खबरदारी नगरी राजनीति दललाई प्रभावमा पारेर व्यक्तिगत र आफु रहेको संगठनको मात्र हितमा लाग्ने प्रबृत्ति गलत भएको टिप्पर्ढी गर्दै अर्थ मन्त्री बरालले जनताको हितमा हुने काम गर्नुपर्ने सुझाव दिए । अबका कर्मचारीमा कार्यशैलि, सोच्ने तरिका भिन्न तरिकाको हुनुपर्ने बताएका मन्त्री बरालको भनाई थियो ।

शहिद, वेपत्ता, घाइते अपाङगता भएका व्यत्तिहरु लक्षित गरी स्थापना भएको शहिद आवासिय माविमा न्यूनतम आवश्यकताको कसरी पुरा गर्न सकिन्छ त्यसमा सबैका ध्यान केन्द्रित हुनुपर्ने मन्त्री बरालको भनाई थियो । बिद्यालयलाई विनियोजन भएको ३ करोडले अपुग भएको थप रकम व्यबस्थापन गर्न आफ्नो ध्यान समेत केन्द्रित हुने उनको भनाई थियो । बिद्यालय संचालनको क्रममा युवा व्यवसायी विमलमान गुभाजुले करिब साँढे दुई बषर््ा सम्म जग्गा उपलब्ध गराएको मन्त्री बरालले प्रशंसा गरे ।

उक्त बिद्यालयको शैक्षिक तथा भौतिक निर्माणमा व्यत्तिगत हिसावले बढी दाहित्व आफुमा रहेको मन्त्री बरालले जनाए । शहिद तथा वेपक्ता परिवारले झाडु लगाउने जागिर माग्दा पनि दिन नसक्दा आफुहरु हाल निकै दुःखि हुनु परेको उनले जनाए । मुलुकको लागि रगत बगाएका शहिद तथा वेपत्ता परिवारको लागि बाचेकालाई कम्तीमा झाडु लगाउने कार्यालय सहयोगीको रुपमा समेत जागिर लगाउन हाल आफुहरुले नसकेको मन्त्री बरालको भनाई थियो । मुलुकको परिवर्तनका लागि उनीहरुको भुमिका हेरीकन प्रथामिकता दिनुपर्ने मन्त्री बरालले जनाए ।

गण्डकी प्रदेका प्रमुख सचिव डा. दामोदर रेग्मीले संगठनले जनतासंग जोडिने यस्ता कार्यक्रम गरेकोमा खुसि व्यक्त गर्दै बिद्यालयको आवश्यकता पुरा गर्न आफ्नो क्षेत्रबाट समेत पहल गर्ने जनाए । जनताको सेवा प्रवाहमा प्रभावकारी र छिटो छरितो ढंगले गर्न कर्मचारीहरुलाई प्रमुख सचिव रेग्मीले आग्रह गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राष्ट्रलाई विपद पर्दा राष्ट्र सेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । संघियता कान्वयन गर्न पनि कर्मचारीको मुमिका महत्पूर्ण रहेको उनको भनाई थियो । कर्मचारीले जनतासंग नजिक भयर काम गर्नुपर्ने प्रजिअ गौतमले जनाए । संगठनका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पौडेलले कर्मचारीको संरचना परिवर्तन भए पनि हाल संस्कार भने परिवर्तन हुन नसकेको दाबी गरे । जनताको भावन बुझेर कर्मचारीले सेवालाई चुस्त दुरुस्त पार्नुपर्ने उनको जोड थियो ।

निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियन कास्कीका अध्यक्ष भरत प्रसाद भुषालले संघिय निजामती ऐन जारी नभएकोले हाल कर्मचारी व्यबस्थापनमा समस्या भएको बताए । बिद्यालयकी प्रध्यानाध्यापक मोना गिरीले बिद्यालयको भौतिक पूर्वाधार निर्माणमा खासै समस्या नभए पनि आन्तरिक समस्या रहेको गुनासो गरिन्। २०६६ सालमा स्थापना भएको बिद्यालयमा हाल २ सय ६० जना आवासिय सहित ३ सय ५० जना बिद्यालयमा अध्ययनरत रहेको दाबी गरिन्। बिद्यार्थीहरुको पौष्टिक आहारा तथा पोसाक एवं शैक्षिक सामाग्री नै अभाव हुने गरेको गिरीले जनाइन् ।

संगठन कास्कीका अध्यक्ष रामचन्द्र ढुंगनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव श्याम लामिछानेले जनाए । संगठनले गण्डकी प्रदेश सरकार र संगठनबाट करिब ४० हजार मुल्य बराबरको शैक्षिक तथा खेलकुद सामाग्रि बिद्यालयलाई सहयोग गरेको अध्यक्ष ढुंगनाले जनाए । १८ औं निजामती सेवा दिवसको अवसरमा संगठनले उक्त कार्यक्रम गरेको हो ।

Related posts