ताजा खबर

चेम्बरको कार्य समितिको पूर्णता

पोखरा, १९ भदौ

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले प्रदेश कार्य समितिमा विभिन्न उद्योगी तथा व्यवसायीलाइ मनोनित गरेका छन् ।
गण्डकी प्रदेश चेम्बरको विधान बमोजिम अध्यक्ष सुनारको सिफारिसमा प्रदेश कार्य समितिको सदस्यमा गिता तिवारी गौतम, रवीबहादुर विका र डा टेकनारायण पौडेललाई मनोनित गरिएको हो ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको वरिष्ठ उपाध्यक्ष तथा महिला चेम्बरको अध्यक्ष समेत रहेकी तिवारी सफल महिला उद्यमी हुन् । पोखरा चेम्बरको सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख विक निगाता इन्टरनेशनल ल्यांग्वेयज तथा टे«निङ इन्स्टिच्युटका निर्देशक हुन् । हिमालयन बोडिङ स्कुलका प्रिन्सिपल पौडेलले शिक्षा मनोविज्ञानमा विद्यावारधी गरेका छन् ।

चेम्बरको गत असारमा भएको पहिलो साधारण सभा तथा अधिवेशनबाट शनिबार भएको साधारण सभा तथा निर्वाचनबाट १५ सदस्यीय कार्य समिति चयन गरिएको थियो । प्रदेश चेम्बरको उपाध्यक्ष श्रीबहादुर गुरुङ, महासचिव देवराज शर्मा, सचिव विष्णुकुमार श्रेष्ठ कोषाध्यक्ष तेजेन्द्र पौडेल छन् । कार्य समितिको सदस्यमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, टीकाकुमारी गुरुङ, गंगाप्रसाद श्रेष्ठ, विष्णुकुमारी गुरुङ ‘एकता,’युवराज खतिवडा, अरुण गिरी छन् ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सुनारले कार्य समितिको विस्तार पछि गण्डकी प्रदेशको समृद्धिका लागि अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने उल्लेख गरे । उनले प्रविधिमैत्री सचिवालय बनाएर समग्र उद्योगी व्यवसायीका हक हितमा काम गर्ने जनाए । स्थानीय सरकारसंग मिलेर व्यवसायिक परियोजना चलाउने उल्लेख गर्दै उनले चेम्बरले गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने बताए ।

 

 

Related posts