पोखरा ,भाद्र १९
नेकपा माओवादी केन्द्रको रुपा गाउँपालिका वडानं ३को भेला सम्पन्न भएको छ । पोल्याङमा सम्पन्न भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सचिवमा भिम बहादुर विक निर्बाचित हुनुभएको छ भने सदस्यहरुमा टिका बस्नेत, भरत छिमाल,अनिल श्रेष्ठ,अजित केसी,काजीलाल श्रेष्ठ,विनोद भुजेल,संगिता भुजेल,शिला भुजेल,चिनबहादुर कुमाल,आद्धत बहादुर परियार,उमा क्षेत्री,राधा रानाभाट,त्रिकला सुनार,अप्सरा भुजेल,धनु भुजेल,रामबहादु सुनार, अर्जुन वि।क, श्याम कृष्ण अधिकारी र जलन कुमाल रहनुभएको छ ।
यस अघि भेलाको उद्घाटन गर्दे गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य दीपक कोइरालाले देश माओवादीको ऐजेण्डामा अगाडि बढेकोले तल्लो स्तरबाटै पार्टीलाई मजवुत बनाउदै लैजानुपर्ने वताउनु भयो । नेकपा एमाले संग समाजबादमा जानेसहमतिमा पार्टी एकता गरेपनि केपी ओलीको ध्यान जनतामा भन्दापनि भष्ट्रहरुकै संरक्षण गर्नमा केन्द्रीत भएकोले माओवादीले केपी ओलीलाई साथ दिन नसकेको बताउनु भयो । देशमा गणतन्त्र ,सविधान, संघियता धर्मनिरपेक्षता जस्ता उपलब्धी माओवादीर्कै कारण आएको र केपीओली त्यसलाई ध्वस्त पार्ने दाउमा लागेकोले केप ीओली संगको एकता भंग गरेको बताउनु भयो । उक्त क्षेत्रका प्रदेश सांसद समेत रहनु भएका कोइरालाले गाउँविकास भए मात्र देशको विकास हुन्छ भनेर आफुले रुपारिङरोडमा १० करोड भन्दा बढि बजेट हालेको यस्तै वेगनास भोर्लेटार सडक निर्माण,खानेपानी, कृषि ,सिंचाई र भवन निर्माण,पार्क र बाटोमा प्रदेश सरकारको तर्फबाट रुपमा धेरै काम भएको बताउनु भयो ।
नेकपा माओबादीकी नेतृ निर्मला क्रान्तिले तिर्थ भुजेल ,कमल भुजेल , विजय बास्तोला लगायतले सहिद बनेर ल्याएको उपलब्धीमा विरोधीले रजाई गरेको तर जनताको हक अधिकारमा मौन बस्ने गरेको बतानउनु भयो । आफुहरुले शिक्षा स्वास्थ्यमा सवैको लागि निशुल्क हुनुपर्छ भन्दा काग्रेस एमालेले निजीकरणमा जोड दिने गरेको उहाँको भनाई थियो । माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य अमरदिप पराजुलीले संघियताको विरोध गर्नेहरुलाई राम्रो संग अध्ययन गर्न सुझाव दिनुभएको छ । पराजुलीले ५ वटा गाविस मिलेर रुपा गाउँपालिका बनेको भन्दै पहिले गाविस हुदा एक गाविसमा १० लाखका दरले बजेट आउनेमा अहिले रुपा गाउँपालिकामा ५० करोड केन्द्रंबाट मात्रै आउने गरेको बताउनु भयो । संघियताको सहि कार्यान्वयन आजको आवश्यकता बनेको पराजुलीको भनाई थियो ।जनतालाई सेवा सुविधा दिनेभन्दा पनि आफ्नै बढी सेवा सुविधा जनप्रतिनिधिले लिनेगरेकोले गुनासो आउने गरेको बताउनु भयो ।
नेकपा माओबादी केन्द्रका रुपा गाउँपालिका सचिव नवराज बरालले रुपामा माओवादीप्रति जनलहर आएको वताउनु भयो । उहाँले जनताबाट उठाएको कर जनतार्कै विकासको लागि बजेट आउनुपर्ने बताउनु भयो । उहाँले रुपाले कर धेरै लिन रुपाको जग्गाको मुल्याङकन धेरै गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो । नवनिर्वाचित सन्त बहादुर भुजेलले पार्टीको निर्देशन अनुसार काम गर्न आफुप्रतिबद्ध रहेको र वडामापनि योजना बनाएर पार्टीको लागि कामगर्ने बताउनु भयो