ताजा खबर

स्वास्थ्य क्षेत्रमा विना लगानीका नयाँ व्यवसाय भित्रिएको आरोप

पोखरा १९, भदौं

स्वास्थ्य क्षेत्रमा विना लगानीका नयाँ व्यवसाय भित्रिएको एसोसिएसन अफ प्राईभेट हेल्थ इन्स्टिच्यूट अफ नेपाल (अफिन) गण्डकी प्रदेशका अध्यक्ष असोक पालिखेले बताए ।

अफिनको शनिबार पोखरामा सम्पन्न भएको दोश्रो साधारण सभामा वोल्दै अध्यक्ष पालिखेले गलत संस्कारलाई प्रशासनले नै निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “ कुनै अस्पतालमा बिरामीको मृत्यु हुदाँ त्यसको अनुसन्धान हुनु पुर्व वार्गेनीङ गर्ने अनि प्रशासनले पनि तपाईहरु मिल्नुहोस भन्ने तरीकारले विना लगानीका नयाँ व्यवसाय भित्रिएका छन, यो हाम्रो लागि निकै खतराको संकेत हो ।” गल्ती गर्ने जो कसैलाई आफुहरुले समेत कारावाही गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको उनको भनाई थियो ।

उनले भने “यदि कुनै चिकित्सक तथा अस्पतालको लापरवाही भएको खण्डमा कानुन अनुसारको कारवाही गर्न हामी पनि तयार भएको अबस्थामा जवरजस्ती बार्गेनीङ गरेर रमक अशुल्ने गलत संस्कार सुरु भएको छ, यसलाई सवैले तोड्नु पर्छ, स्वास्थ्य क्षेत्र सेवा मुलक हो, निजी क्षेत्रले लगानी गरे पछि प्रतिफल त पाउनु पर्यो नी । ” आफुहरुले समयमै सरकारी निकायमा नविकरण गर्न आग्रह गर्दा पनि विगत दुई बर्ष देखि प्रायः अधिकांश पोखरा क्षेत्रका साना तथा ठुला निजी अस्पतालहरुको हालसम्म नविकरण नभएको अध्यक्ष पालिखेले बताए । सरकारी निकायको कारण पोखरा क्षेत्रका अधिकांश अस्पतालको नविकरण गर्न ढिलाई भएको उनको भनाई थियो । हरेक बर्ष सरकारी निकायको अनुगमन तथा निरिक्षण भए पश्चात वेड सङख्या र त्यसको सेवाको आधारमा नविकरण हुने गर्दछ ।

पोखरा क्षेत्रमा करिब २३ सहित गण्डकी प्रदेशमा निजी २८ वटा अस्पतालहरु रहेको अफिनका महासचिव श्रीकान्त खतिवडाले बताए ।
उत्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्माले पोखरामा हेलि देखि सेवालिन आउन थालेकोले पोखरा क्षेत्रको स्वास्थ्य क्षेत्रमा थप गुणस्तरिय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । पोखरा क्षेत्रमा रहेका धेरै अस्पतालहरु मध्य एउटा अस्पतालबाट मात्र नविकरणको बिषयमा चासो देखाएको अन्यले खासै चासो नदिएको उनले जनाए । गुणस्तरिय सेवा सहित स्वास्थ्यमा एकरुपता हुन शर्माको जोड थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले आगामी ४ बर्षमा मोडल अस्पतालको रुपमा प्रतिष्ठानलाई स्थापना गरेर छाड्ने दाबी गरे ।

अफिनका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा.पद्म खड्का, डा.राजन शर्मा, डा गिरीधारी शर्मा लगायतले पोखरामा मेडिकल टुरिजमको समेत धेरै सम्भावना भएकोमा जोड दिए ।

 

 

Related posts