ताजा खबर

चिनका विभिन्न शहरबाट पोखरा महानगरलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा १८ भदौ

छिमेकी मुलुक चीनको सहयोगमा पोखरा महानगर ैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ती सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले करिब २ करोड बराबरका सामाग्रहीहरु हस्तान्तरण गरिएको बताए । कोरोना रोकथाम र नियन्त्रणका लागि २ वटा भेण्टिलेटर, १५ वटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० वटा अक्सिजन सिलिण्डर, ३ सय वटा अक्सिमिटर, ८ हजार आर टि पिसिआर किट ५ सय वटा पिपिई र मास्क हस्तान्तरण गरिएको जानकारी दिए । दाताहरुले (((ण्ण्ण्ण्े सामाग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै पालिखेले सामाग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।

सामाग्री ग्रपालिकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । बिहिबार आयोजित एक कार्यक्रमबीच चिनबाट स्वास्थ्य सामाग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमहणपछि बोल्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामाग्री प्रयोग हुने गुरुङले बताइन् ।

कार्यक्रममा भनाई राख्दै महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणहरुमध्ये भेण्टिलेटरको आवस्यकता बढ्दै गएको भन्दै संघले उपलब्ध गराएको भेण्टिलेटरले थप सहयोग पुग्ने बताए । उक्त कार्यक्रम गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

Related posts