ताजा खबर

रतनपाण्डेमा ६ लाखको अक्षयकोष

पोखरा, १८ भदौ ।

पोखरा–१३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सहज पु¥याउने उद्देश्यका साथ बिहीबार नगद रु. ६ लाखको अक्षयकोष घोषणा तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थायी बसोबास भइ हाल काठमाडौँ रहेका मधु प्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी स्व. गुरु प्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष लेख बहादुर तामाङ (दर्शन लामा)ले सबैको साथ, सहयोग र योगदानले मात्र विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासमा टेवा पुग्ने बताए । उनले सम्पूर्ण आर्बालीहरुको लामो योगदानबाट विद्यालय अहिलेको स्थितीसम्म आइपुगेको बताउँदै वडा कार्यालयको तर्पmबाट विद्यालयको स्तरोन्नतिका लागि पहल गर्ने बताए ।
कार्यक्रममा अक्षयकोषदाताहरुको तर्पmबाट संरक्षक मधु प्रसाद बरालले धेरै विद्यालयहरुका बीचमा पनि रतनपाण्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी सार्वजनिक शिक्षाको सबलीकरणमा टेवा पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । अक्षयकोषदाता विन्ध्वेश्वरी बराल, दान उत्प्रेरणाका लागि सहजिकरण गर्ने कृष्ण प्रसाद बराल, समाजसेवीहरु पोषराज बराल, किरण बराल, सुविता आचार्य, प्रतुश बराल, हरिश्चन्द्र सिग्देल, सुभाष सिग्देल, केदारनाथ सिग्देल, शरदकान्त सिग्देल, शोभाकान्त सिग्देल, वृहष्पति सापकोटा, विष्णुमाया सापकोटा लगायतले विद्यालयले गरेको पछिल्लो शैक्षिक सुधारबाट प्रभावित भएर सो अक्षयकोष स्थापना गरिएको बताए ।

साथै उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बराल, सदस्य विनोद बराल, विद्यालयका प्रधानाध्यापक डिल्लीराम बराल लगायतले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अक्षयकोष स्थापना गरेकोमा आभार व्यक्त गरे । उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बराल, स्वागत मन्तव्य सदस्य विनोद बराल र सञ्चालन प्र.अ. डिल्लीराम बराल र ले गरेका थिए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *