ताजा खबर

राष्ट्रिय तीज दोहोरी प्रतियोगिताको तयारी पूरा, ७० प्रतियोगि सहभागि हुने

भदौ १८ पोखरा ।

हाम्रो घरको आयोजनामा हुन लागेको राष्ट्रिय तीज गित प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यही शुक्रबार र शनिबार क्लव हाउस एपको हाम्रो घर समूहको आयोजनामा हुन लागेको प्रतियोगितामा ७० जनाको सहभागिता रहने संयोजक रमेश अधिकारीले जानकारी दिए । ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शुक्रबार अपरान्ह साढे ४ बजे र शनिबार पूर्वान्ह साढे ११ बजेबाट प्रतियोगिता सञ्चालन हुने संयोजक अधिकारीले जानकारी दिए । क्लव हाउस मार्फतनै आयोजना हुने प्रतियोगितामा शुक्रबार छनोट चरणमा छनोट चरणमा छानिएका प्रतिस्पर्धीले शनिबार फाइनल चरणका लागि प्रतिस्पर्धा गर्ने गरी कार्यक्रमको तयारी गरिएको प्रतियोगिता सह संयोजक राम कंडेलले जानकारी दिए ।

सहभागीले प्रतियोगितामा जोडीगत रुपमा गरेको प्रतिस्पर्धाका आधारमा छनोट चरण, उट्कृष्ट १६, उट्कृष्ट ८, उत्कृष्ट ४ हुँदै प्रतियोगिताको प्रथम, द्वितिय, तृतिय, सान्त्वना घोषणा गरिने कंडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा विषेश प्रतियोगिलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।प्रतियो गितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार क्रमश २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई सफल बनाउन डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल (अष्ट्रेलिया), पशुपति ढकाल (न्यूजिल्याण्ड) बाट सह–प्रायोजकको रुपमा जोडिएका छन् । हाम्रो घरले नियमितरुपमा लोक दोहोरी गीत संगितलाई प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ प्रतिभाहरुको प्रस्फुटन गराउने डिजिटल प्लेटफर्म उपलब्ध गराउँदै आएको संयोजक तथा क्रियटर रमेश अधिकारीले जानकारी दिए । उनले यस्तै किसिमका प्रतियोगिता यसअघिपनि सञ्चालन गर्ने गरिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *