समाचारकक्ष
पोखरा १७, भदौ
भदौं दोश्रो साता चारै तर्फ हरियाली छाएको घर बस्ती भन्दा माथिल्लो मागमा भने हरियो वन जंगल । अत्याधिक रुपमा परेको बर्षादको कारण त्यही जंगल पोखरा २० भलाम र्यालेचौरको बस्तीको लागि अविसाप नै भयो । अनेत्रबाट पोखराको भलाममा बसाई सरी घर जम गरी बसेको एउटा घरको पहिरोले नाम निसाना नै नदेखिने गरी बगाएको छ भने एकै घरका श्रीमान श्रीमतीको ज्यान लिएको छ । एकै घरका एक छोरा अझै वेपत्ता छन भने एक जनाको मणिपालमा उपचार भई रहेको छ ।
एकै सेकेण्डले गर्दा हामी ७ जना त बाच्यौं तर छिमेकीलाई बचाउन सकिएनः स्थानिय सेतु
स्थानिय काली प्रसाद पौडेलले राति पहिरो आएको खबर गर्नाले आफु सहित ७ जना केही सेकेण्डले गर्दा बाच्न सफल भएको स्थानिय सेतु प्रसाद पौडेलले हामीलाई बताए । उनले भने “ हाम्रो घर बस्ती भन्दा माथिल्लो भागबाट राति एकै चोटी गर्याम्मै आवाज आयो लौ न भागो बचाउ भन्दै काली प्रसादले भनेको एकै सेकेण्डमा ठुलो पहिरो हामी बसेको स्थलमा आयो, एके सेकेण्डले गर्दा आज हामी बाच्न सफल भयौं । ”
बुधबारको अविरल बर्षादको कारण पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित ¥यालेचौरमा श्रीमान श्रीमती, आमा छोरा गरी ४ जनाको र पोखरा ११ को भञ्ज्याङ नमुनाटोलमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । भलाम ¥यालेचौर भन्दा माथिको जंगल सहितको भाग पहिरो गए पछि पहिरोले स्थानिय ४५ बर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती करिब ३७ बर्षींया सुनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पि.सुवास हमालले बताए । उनका अनुसार मृतक श्रेष्ठका ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परि वेपत्ता भएका छन भने उनका करिब ९ बर्षका राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।
त्यसै गरी पोखरा २० भलाम स्थित हरिहर गुफा भन्दा तल्लो क्षेत्र मुलवारीका ३० बर्षीया बिष्णु सार्की र उनका छोराको समेत पहिरोमा परी मृत्यु भएको छ । गएराति आएको अविरल बर्षाले उनको घर भन्दा माथिल्लो भागमा पहिरो गए पछि उनीहरु पहिरोमा पुरिएसंगै सुरक्षाकर्मी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियले घण्टौंको प्रयास पछि शव निकालेको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।
श्रेष्ठ परिवारको घर भन्दा करिब ४ सय मिटर माथिको जंगल सहितको भाग पहिरोको रुपमा आए पछि उनको हाल घर भएको कुनै नाम निसाना समेत नरहने गरी पहिरोले लगेको वडा अध्यक्ष गुरुङले जनाए । विहान देखि वेपत्ता भएका सन्तोसको खोजी घण्टौंसम्म जारी राखे पनि हालसम्म उनको अबस्था पत्ता लगाउन नसकिएको उनले जनाए । कृष्णलाई उनको घर भन्दा करिब २ सय मिटर तलको भागमा स्थानियले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा पुराए पछि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आधा शरिर नै पहिरोमा पुरिएर रहेको अबस्थामा उनका छोरा राजकुमारको स्थानियले उद्धार गरी मणिपालमा उपचार लागि गरेका हुन्।
त्यस्तै पोखरा ११ स्थित भन्झ्याङका ४२ बर्षीय लक्ष्य नेपालीको पहिरोमा परी मृत्यु भएको छ । घर भन्दा माथि बाट आएको पहिरोमा परी घाइते भएका नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी हमालले जनाए । त्यसै गरी बाढी र पहिरोले गर्दा पोखरा सहित कास्कीका धेरै ठाउँमा प्रभावित भएको छ । पोखरा ३ नदीपुरमा गयरातिको बर्षातले गर्दा तीन वटा घरको वरण्डा सहितको पर्खाल र नाला समेत भाषिएको छ । स्थानिय देउ बहादुर पुन, बल बहादुर पुन र छविलाल पुन सहित विर बहादुर पुन सहित ५ घर जोखिममा परेको स्थानियले बताए । पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बाढीले गर्दा पुगेको क्षती न्यूनिकरण गर्न आफुले महानगरसंग समन्वय गर्ने जनाए ।
स्थानिय र प्रहरीले पहिरेले पुरिएको अबस्थाबाट लक्ष्य सहित उनकै छोरी १४ वर्षीया सृष्टी नेपालीलाई घाईते अवस्थामा उद्धार गरी उपचारको लागि मणिपाल अस्पताल पोखरा पु¥याइएको थियो । घाइते भएका लक्ष्यको उपचारकै क्रममा मृत्यु भएको छ भने उनकी छोरी श्रृष्टी नेपालीको उपचार पश्चात डिस्चार्ज भएको अस्पताल श्रोतले जनाएको छ । यसैगरी कास्की, पोखरा महानगरपालिका–११ बसेरी बस्ने एकदेव तिमिल्सिनाको घरमा बुधबार राति पहिरो जाँदा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते भएका उनीहरुलाई उपचारको लागि मणिपाल लगिएको छ । त्यस्तै पोखरा र कास्की क्षेत्रका विभिन्न ग्रामिण सडकहरु समेत बुधबारको बाढी पहिरोले प्रभावित भएको स्थानियले जनाए । पोखराको काहुँखोला, छोरेपाटन, हेमजा सुईखेत लगायतका क्षेत्रमा जलमग्न भएको छ । केही व्यत्तिका घरमा भलपानी पसेको छ भने केहीको खेति योग्य जमिन पुरिएको छ ।
भलामको पहिरोले गर्दा स्थानिय कृष्ण कुमारी पौडेल, तेज प्रसाद बास्तोला, रामजी प्रसाद पौडेल, लिला लामिछाने, चित्र पोखरेल लगायतको घरमा आंसिक क्षेति पुगेको स्थानियले गुनासो गरेका छन्।