ताजा खबर

वालिङको शहिद स्मृति संग्राहलय बहुउद्धेश्यीय भवन अलपत्र

पोखरा १४, भदौं

बजेट अभावको कारण स्याङजाको वालिङ १४ स्थित शहिद स्मृति संग्राहलय बहुउद्धेश्यीय भवन हाल अलपत्र अबस्थामा रहेको छ । २०६४ साल देखि निर्माण कार्य सुरु भएको उक्त भवन विभिन्न जनप्रतिनिधि तथा शान्ति मन्त्रालय एवं स्थानियको सहयोगमा भवन निर्माण भए पनि अन्तिम फिनिसिङ गर्न करिब १० लाख रुपैया अपुग हुँदा उक्त भवन हाल अलपत्र जस्तै भएको नेकपा माओबादी केन्द्र वालिङका अध्यक्ष तारा भुषालले गुनासो गरे ।

उक्त भवनमा हाल फर्निचर, कम्पुटर सहित फिनिसिङ गर्न बाँकी रहेको भुषालले जनाए । वालिङ ९ र १४ को सिमानामा पर्ने उक्त भवन संचालन गर्न सके स्वरोजगार सहित बहुउद्धेश्यीय भवन संचालनमा ल्याउन सकिने उनले जनाए । उक्त भवन निर्माण गर्न पुर्व सांसद अमृता थापा, शान्ति मन्त्रालय, पुर्व मन्त्री पद्म अर्याल र स्थानियको सहयोगमा करिब ३५ लाखको लागतमा उक्त भवन निर्माण भएको भुषालले जनाए ।

उक्त भवनमा हाल तीन सटर, अतिथी कक्ष, ससभाहल, शहिदहरुका जे भेटिन्छ त्यसको सामाग्रि संग्रह गर्ने कक्ष, पहिलो तलामा हल निर्माण भएको छ । वालिङ १४ मा ६ जना शहिद भएको स्थान भएकोले र उनीहरु उक्त क्षेत्रमै जमघट हुने स्थल भएकोले त्यसला
ई संग्राहलय बनाउने योजना अनुरुप आफुहरुले उक्त भवन निर्माणमा जुटेको अध्यक्ष भुषालले जनाए ।

त्यस क्षेत्रको सामुदायिक ठुलो भवने भवन भएकोले उक्त भवनमा पुस्तकालय समेत स्थापना गर्ने आफुहरुको योजना रहेको उनले जनाए । संग्राहलयमा शहिदका भेटिएका कुरा तथा उनीहरुको प्रोफाइल सहित अन्य शहिदहरुको बारेमा धेरै बिषय बस्तु राखिने भएको उनले जनाए ।
भवन नजिक खेल मैदान समेत निर्माण भएको उनले जनाए । खेल मैदान संरक्षण गर्न करिब ७ लाख आवश्यक भएको अध्यक्ष भुषालले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *