ताजा खबर

पोखराको फिर्के पुलमा स्कारपीयो खस्यो

पोखरा भदौ १३। पोखराको फिर्के पुलमा गए राति करिब २ बजेको समयमा स्कारपीयो खसेको छ ।पोखराको बाग्लुङ बसपार्क बाट जिरो किमि तर्फ जादै गरेको ६००४६७ नम्बर भएको बिट्रिस एम्बेसिको स्कारपीयो गाडि अनियन्त्रित भएर पुल बाट १० मिटर तल खसेको हो ।

दुरर्घटनामा पर्नेमा गाडि चालक कास्की पोखरा १६का बिजय घले र उनकी श्रीमति सामान्य घाइते भएको कास्की प्रहरीका प्रबक्ता सुबास हमालले बताए ।

दुरर्घटनामा पर्नेहरु सामान्य उपचार पश्चात घर फरकिसकेको र दुरघटनाको कारण फिर्के पुल साघुरो भएर भएको प्रबक्ता हमालले बताए । दुरर्घटना परेको स्कारपीयो क्र्रनेको साहायतामा निकालिएको छ ।

Related posts