ताजा खबर

कृर्षि क्रान्ति गर्न युवा संगठित हुन अर्थ मन्त्री बरालको युवाहरुलाई आग्रह

पोखरा ८, भदौं

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले कृर्षि क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताउनु भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) पोखरा २२ को भेला एवं सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले कृषि क्रान्ति गर्न अब युवाहरु एक भई सामुहिक रुपमा कृर्षि उत्पादनमा लाग्नु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो“अबका युवाहरु सामुहिक उद्योग तथा व्यवसाय एवं उत्पादनमा जोडिनु पर्छ, देशमा उत्पादनमा आत्मनिर्भर नभई आर्थिक विकास सम्भव हुदैन्। ” आर्थिक कायपलट गर्न व्यक्तिको मात्र नभई समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने मन्त्री बरालको भनाई छ । हिन्दु धर्म भित्र राजतन्त्र लुकेको मन्त्री बरालको दाबी छ । राजतन्त्रलाई पुनः पुनस्थापना गर्ने केही प्रयास भए पनि त्यसका बिरुद्ध अब युवा संगठन एक भई देश र विदेशमा रहेका बैरीहरुलाई एक पटक सन्देस दिन आवश्यक भएको मन्त्री बरालले बताउनु भयो ।

पहिलाको जनमुक्ति सेनालाई अब फर्मेसन गर्दै ठुला बिग्रेड बनायर जानुपर्ने अबस्था आएको उहाँको भनाई थियो । माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीले नेपाली जनताको सिर झुक्ने काम नगरेको दाबी गर्नु भयो । उहाँले भन्नु भयो“हामीले वाई.सि.एल.लाई उत्पादन सेना बनाउन सकेनौं, केही युवामा भ्रम परेको छ, त्यसलाई तोड्दै अब उत्पादनमा केन्द्रित हुनुपर्छ । ” अबका युवाहरुलाई राजनीतिसंगै व्यवसायमा संलग्न गराउनु पर्ने उहाँको भनाई थियो ।

वाई.सि.एल.का केन्द्रिय सचिव विनय थापाले यही भदौं १२ र १३ गते काठमाण्डौंमा सेमिभर्चुअलको रुपमा वाईसिएलको भेला हुने भएको बताए । कोभिड १९ लगायतको परिस्थितीले गर्दा हाल धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको उनले जनाए । नेकपा माआबोदी केन्द्र पोखरा २२ का इन्चार्ज त्रिभुवन पौडेलले संगठन विस्तार गर्न आफ्नो क्षेत्रबाट भरपूर्ण रुपमा सहयोग हुने विश्वास दिलाय । नेकपा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालले पोखरा २२ को आधारभूत विकासको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिए । वाईसिएल पोखरा २२ का अध्यक्ष हेमराज बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *