ताजा खबर

ओम शान्ति र विश्वकर्मा समाजमा सामुहिक रक्षाबन्दन

समाचारकक्ष
पोखरा ६, भदौं

कोरोनाको प्रभावका बाबजुत पनि पोखरा क्षेत्रमा ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालय पोखराका विभिन्न शाखामा करिब ६ हजार जनाले राखि बाध्ने तथा रक्षाबन्धन लगाएका छन्। कोरोनाबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्डलाई पालना गराउदै पोखरा क्षेत्रका करिब २० वटा शाखाबाट सोमबार करिब ६ हजार जनालाई राखि बाध्ने तथा रक्षाबन्धन लगाइएको संयोजक एवं विश्वबिद्यालयका महासचिव सैलेस बरालले बताए ।

उनका अनुसार अन्य बर्ष सामान्य अबस्थामा जनैपुर्णिमा पर्वमा पोखराका करिब २० वटा शाखामा करिब ४० हजार जनाले राखि तथा रक्षाबन्दन लगाउने गर्दथे । ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नयाँबजारमा सोमबार गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले सहितका व्यक्तिहरुले रक्षाबन्दन लगाएका हुन्। आपसी सद्भावना, स्नेह र पवित्रताको प्रतिज्ञाको प्रतिकको रुपमा मनाइने रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा समाजका विभिन्न व्यत्ति तथा संस संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको संयोजक बरालले जनाए । यसपाली कोरोनाको कारण खासै निम्तो नपठाउदा पनि धेरै व्यत्तिहरु स्वतः स्फुर्त रुपमा रक्षाबन्दन कार्यक्रममा सहभागि भएको उनले जनाए ।

ब्रह्मा कुमारी नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले मुख्यसचिव रेग्मी सहितका अतिथिहरुलाई रक्षाबन्दन लगाइदिएकी थिइन्। कार्यक्रममा क्षेत्रीय कार्यालय नयाँबजारकी सञ्चालिका राजयोगिनी ब्र.कु शोभा दिदी, ब्रह्माकुमारी टिकापुरका प्रमुख राजयोगिनी ब्र.कु सिता दिदी लगायतले रक्षाबन्दन पर्वको बारेमा चर्चा गरेका थिए ।
यसैबिच, विश्व हिन्दु महासंघ कास्कीको आयोजनामा विश्वकर्मा समाजको केन्द्रीय कार्यालय पोखराको नयाँगाउँमा ब्राह्मणद्धारा सामुहिक रक्षा बन्दन कार्यक्रम आयोजना भएको छ । छुवाछुत र विभेद मुक्त समाज निर्माणको लागि महासंघले समाजमा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए । नेपालमा पछिल्लो समयमा राखि बाध्य प्रचलन हाम्रो मौलिक पन नभएको बरिष्ठ उपाध्यक्ष खरेलको दाबी छ ।
यसैबिच, पोखरा सहित कास्की क्षेत्रमा पनि रक्षाबन्धन (जनैपूर्णि) पर्व जनै तथा रक्षाबन्धन धारण गरेर मनाईएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उक्त पर्व पोखरा सहित कास्की क्षेत्रमा पनि सोमबार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गरेर यो पर्व प्रायः सानो सङख्यामा भेटघाट हुने गरी भनाइएको हो ।

कोरोनाको प्रभाव पोखरा सहित कास्की क्षेत्रमा परेकोले यसबर्षको जनैपुर्णिमा पर्वमा अघिल्ला बर्षका जस्तो हर्स र उल्लासमय वातावरण नभएको पोखरेलीले जनाएका छन्। जोर विजोर गतेका आधारमा सवारी साधनहरु संचालन गर्न प्रशासनले दिएको कारण रक्षाबन्धन धारण गर्न तथा गराउन धेरैलाई कठिन भएको थियो ।

 

Related posts