
कास्कीमा निषेधाज्ञामा कडाइ जिल्लाभर संचालन हुने सवारीसाधनमा जोर बिजोर प्रणाली लागु बिज्ञाप्ती सहित पोखरा भदौ २ जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधाज्ञामा कडाई गरेको छ ।
भदौ ३ गते राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञामा कडाइ गरदै जिल्लाभर संचालन हुने निजी तथा सर्बाजनिक सवारीसाधनमा जोर गते जोर सबारी बिजोर गते बिजोर प्रणाली लागु भएको छ ।
विहिबारदेखी लागू हुनेगरी प्रशासन कार्यलयले रेष्टुरेण्टहरुमा टेक अवे र होटलको बेड क्षमताको ५० प्रतिशत मात्रै रहने गरि खाना र बस्नको व्यबस्थापन गर्न पाउने आदेश जारी गरेको छ । कोरोना संक्रमणको दर बढ्दै भएको भन्दै प्रशासनले भदौं २ गते आदेश जारी गर्दै थप कडाई गरेको हो । बिज्ञप्ती